निर्वाचन सुरक्षाबारे प्रधानसेनापति र ३ सुरक्षा निकायका प्रमुखबीच छलफल
प्रधानसेनापति प्रभुराम शर्मा र ३ सुरक्षा निकायका प्रमुखहरुबीच निर्वाचन सुरक्षाबारे छलफल भएको छ । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाबारे नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसँग प्रधानसेनापतिले छलफल गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
बिहिबार जङ्गी अड्डामा भएको छलफलमा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह, सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा सहभागी थिए ।
सुरक्षा निकायका प्रमुखहरुको बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थाको बारेमा छलफल भएको छ । निर्वाचन सुरक्षामा आवश्यक समन्वय गरेर अघि बढ्नेबारे छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेन्नई र लखनउका कप्तानलाई जरिवाना
-
एलोन मस्ककाे भारत भ्रमण स्थगित
-
इलाम-२ उपनिर्वाचनबारे पूर्वसांसद बेनुप प्रसाईंको विश्लेषण
-
राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुनेगरी काम गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ
-
हिमाली महासङ्घ राज्यका प्रस्तावक मुख्तियार भीमसेन थापा
-
कोशी प्रदेशका अस्पतालहरूमा रगतको चरम अभाव