शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दार्चुलामा जिप दुर्घटना, एक जनाको मृत्यु, पाँच जना सख्त घाइते

शुक्रबार, ०७ असोज २०७९, ०६ : ५५
शुक्रबार, ०७ असोज २०७९

दार्चुलाको अपी हिमाल गाउँपालिका–५ तिम्लामा गए राति जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । पाँचजना सख्त घाइते भएका छन् । 

मृत्यु हुनेमा अपिहिमाल–६ का १८ वर्षीय दिनेशसिंह धामी छन् । उनको घटनास्थलमै मृत्यु भएको अपी हिमाल गाउँपालिकाका अध्यक्ष भगतसिंह ठाकरेले जानकारी दिए ।

मार्मा गाउँपालिकाको लटिनाथबाट अपी हिमालको मकरीगाडतर्फ जाँदै गरेको म १ ज २३३ नम्बरको जीप दुर्घटनामा परेको हो । जीप सडकबाट झण्डै २०० मिटर तल खसेको र त्यसमा चालकसहित नौ जना सवार रहेका अपी हिमाल गाउँपालिका–५ का वडाध्यक्ष राजेन्द्रसिंह धामीले बताए । तीन जनाको प्रहरी र स्थानीयले सकुशल उद्धार गरेका छन् । घाइते पाँच जनाको लटिनाथ स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप