सशस्त्र प्रहरीले माग्यो इन्सपेक्टर र असई
शुक्रबार, ०७ असोज २०७९, ०७ : १८

सशस्त्र प्रहरीले निरीक्षक (इन्सपेक्टर) र सहायक निरीक्षक (असई) माग गरेको छ ।
लोकसेवा आयोगको सहमतिमा सशस्त्र प्रहरीले शुक्रबार सार्वजनिक सूचना जारी गरी इन्सपेक्टर र असई मागेको हो ।
७१ सशस्त्र प्रहरी निरीक्षक (साधारण उपसमूह), ८ सशस्त्र निरीक्षक (कानुनतर्फ) र ७३ सहायक निरीक्षक (साधारण उपसमूहतर्फ) माग गरिएको हो । योग्यता पुगेकाले आजदेखि ७ कात्तिकभित्र आवेदन दिन सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपनिर्वाचनमा एमालेले गठबन्धन नगर्ने
-
तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने राप्रपाको निर्णय, कमाण्डर तोकियो
-
विराट गोल्डकप : विराटनगर सिटी फाइनलमा
-
अफगानिस्तानको परराष्ट्र मन्त्रालय नजिकै बम विस्फोट, ६ जनाको मृत्यु
-
बेचबिखनमा परेका नौ युवतीको उद्धार, तीनजना पक्राउ
-
एमालेको ‘मिसन ग्रासरुट अभियान’ को सातै प्रदेशमा समीक्षा