कांग्रेस नेता भण्डारीद्वारा कैलाली कारागारमा सेनेटरी प्याड वितरण
नेपाली कांग्रेसका युवा नेता क्षितिज भण्डारीले कैलाली कारागारमा सेनेटरी प्याड र स्वास्थय सामाग्री वितरण गरेका छन् । कांग्रेसबाट कैलाली ५ मा प्रतिनिधिसभा सदस्य उम्मेदवारका दाबेदार भण्डारीले सेनेटरी प्याड र स्वास्थय सामाग्री वितरण गरेका हुन् ।
६१८ कैदीबन्दीलाई आफ्ना बाजे स्वर्गीय डिल्लीराज भण्डारीको स्मृतिमा स्वास्थय सामाग्री, सेनेटरी प्याड बाडेको उनले बताए । भण्डारीले नेपालको कारागारमा कानुनी परामर्शको अभावमा देखिएको बताए । आफूले चुनाव जितेपछि जेलको स्तरोन्नती गरेर कारागारलाई तालिम गृह बनाउने बताए ।
कार्यक्रमका आयोजक श्री रविशंकरको आर्ट अफ लिभिङ्गका सुदुरपश्चिम प्रदेश सयोजक नवीन ओझाले भण्डारीको गृह मन्त्रालयको अनुमति लिएर कैदीबन्दीलाई सहयोग गरेको बताए ।
८ दिनसम्म जेलमा योग र ध्यान प्रशिक्षण कार्यक्रम समेत जेलर नरबहादुर थापाको अनुमतिमा संचालन भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले युक्रेनलाई गोप्य रूपमा लामो दुरीका क्षेप्यास्त्र उपलब्ध गराएको खुलासा
-
नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
-
विश्वभर किन बढ्दै छन् प्रोस्टेट क्यान्सरका बिरामी ?
-
इटालीका राष्ट्रपति माटारेलासमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
फेरि धरमरायो प्रचण्ड सरकार, गठबन्धन टिक्नेमा सत्ताधारी दलहरूलाई नै शङ्का
-
यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची