शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘ईभी शो’को आकर्षण : १६ लाखको सिटी स्प्रीडदेखि २ करोड ३० लाख मूल्यको टेस्लासम्म (भिडियोसहित)

शुक्रबार, ०७ असोज २०७९, १० : ३२
शुक्रबार, ०७ असोज २०७९

नेपालकै पहिलो ‘ईभी अटो शो’ बिहीबारदेखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ । ‘अटो शो’ कुम्भ मेलाकै रुपमा चिनिने नाडा अटो शो यस पटक भने ईभी अटो शोमा रुपान्तरण भएको हो । यद्यपि, नेपालमा पहिलो पटक आयोजना हुँदै गरेको ईभी शोमा विभिन्न ब्राण्डको उत्साहपूर्ण सहभागिता देखिएको छ ।

असोज ६ गतेदेखि ९ गतेसम्म ४ दिन चल्ने ईभी शोमा ९ वटा चारपाङ्ग्रेसहित एउटा तीन पाङ्ग्रे (अटो), १६ वटा दुई पाङ्ग्रे र अन्य अटो कम्पोनेट गरी कुल ५१ वटा ब्राण्डले सहभागिता जनाएका छन् । जसमा ४ वटा वित्त कम्पनीको समेत सहभागिता छ ।

१६ लाखदेखि २ करोड ३० लाखसम्मका गाडी

मूल्यका र आकर्षणका हिसाबले पहिलो नाडा ईभी शोमा न्यूनतम् १६ लाख रुपैयाँको गाडीदेखि अधिकतम २ करोड ३० लाख रुपैयाँ मूल्य बराबरको गाडी प्रदर्शन गरिएका छन् ।

ग्रीन अटोमोबिलिटी सर्भिस प्रालिले नाडा ईभी अटो शोमा चार पाङ्ग्रे मध्येकै सबैभन्दा सस्तो अर्वन मोविलिटी गाडी ‘सिटी स्प्रीड’लाई उतारेको छ भने विश्व प्रसिद्ध अटोमोबाइल कम्पनी टेस्लाले २ करोड ३० लाख रुपैयाँ मूल्यको मोडल वाई गाडी प्रदर्शनीमा उतारेको छ ।

 

कुन ब्राण्डले कुन गाडी प्रदर्शन गर्दैछन् ?

 

सिप्रदी –टाटा 

टिगोर ईभी –३२ लाख ९९ हजारदेखि ३९ लाख ४० हजार रुपैयाँसम्म

नेक्सन ईभी प्राईम – ४१ लाख ९९ हजार रुपैयाँ

नेक्सन ईभी डार्क – ४३ लाख ९९ हजारदेखि ४९ लाख ९९ हजार रुपैयाँसम्म

टेस्ला

मोडल वाई – २ करोड ३० लाख रुपैयाँ

मोडल थ्री – १ करोड ४५ लाख रुपैयाँ

बीवाईडी

न्यू ई–सिक्स – ५९ लाख रुपैयाँ

थ्री गो

ज्याक ईटी–८ – ७१ लाख ९५ हजार रुपैयाँ

सिजी मोटर्स

नेटा भी – ३७ लाख ९९ हजार रुपैयाँ

चाङगोन भ्यान – ४२ लाख ५० हजार रुपैयाँ

हुण्डाई

कोना ईभी – ६० लाख ५६ हजारदेखि ६२ लाख ९६ हजार रुपैयाँसम्म

आयोनिक ५ – १ करोड १६ लाख रुपैयाँ

ग्रीन अटोमोबिलिटी सर्भिस प्रालि

सिटी स्प्रीट – १६ लाख रुपैयाँ (अर्वन मोबिलिटीका लागि दुई सिटे गाडी)

जेम्स माइक्रोबस – ३८ लाख ५० हजार रुपैयाँ

जेम्स ट्रक – ३७ लाख ५० हजार रुपैयाँ

भिडियो हेर्नुहोस्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप