शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

१३ सय वर्ष पुरानो चिहान खन्दा भेटियो सुन–चाँदीको खजाना

शुक्रबार, ०७ असोज २०७९, १२ : ४३
शुक्रबार, ०७ असोज २०७९

दक्षिण अमेरिकी देश पेरुमा पुरातत्वविदले एक समाधिस्थल उत्खननका बेला १३ सय वर्ष पुरानो चिहानको खोजी गरेको छ । पुरातत्वविदले उत्तरी लीमामा उत्खनन गरिरहेका बेला उनीहरुले वारी साम्राज्यको एउटा प्राचीन चिहान भेटे । उक्त चिहान त्यतिबेलाका एक उच्च दर्जाका व्यक्तिको थियो । उनलाई ‘लर्ड अफ ह्युआर्मे’ भनिन्थ्यो ।

उक्त चिहानमा अन्य ६ व्यक्तिको अवशेष पनि भेटिएको छ । यिनीहरुलाई अर्कै ठाउँबाट ल्याएर पछि त्यहाँ राखिएको जस्तो देखिन्छ । उक्त चिहानमा चार वयस्क – सम्भवतः दुई महिला, दुई पुरुष– तीन किशोर समावेश छन् । युनिभर्सिटी अफ वारसाको पुरातत्व विभागले यो खोजको जानकारी दिएको हो ।

लाइभ साइन्सको खबर अनुसार उक्त चिहानमा सबै अवशेष सुन र चाँदीका गहनाले पुरिएको पाइए । गहनाबाहेक काँसका औजार, चक्कु, बञ्चरो, बुनेका कपडा, बास्केट बनाउनका लागि आवश्यक सामग्री, काठ र छालाका सामग्री पाइएका छन् । पुरातत्वविद्का अनुसार चिहानमा गाडिएका मानिसहरु कुशल शिल्पकार थिए र वारी कुलीन वर्गका सदस्य थिए । इजिप्टको प्राचिन समाधिस्थलमा पहिला पनि यस्ता खालका अवशेष पाइएका छन् जसलाई सुन चाँदीको आभुषणसहित गाडिएको थियो ।

पहिलो पटक भेटियो वारी साम्राज्यका कुलीन पुरुषको अवशेष

पोल्याण्डमा युनिभर्सिटी अफ वारसाका एक पुरातत्वविद् र अनुसन्धानको नेतृत्व गर्ने मिलोस गियर्जले भने, ‘हामी शाही समाधिस्थलको यो हिस्सालाई ‘द ग्यालरी अफ एलिट क्राफ्ट्समेन’ भन्न सक्छौँ । ’

उनले थपे, ‘पहिलो पटक हामीले वारी सम्भ्रान्त पुरुषहरुको चिहान भेट्टायौँ, जो राम्रो शिल्पकार र कलाकार पनि थिए ।’

गियर्जको समूहले पछिल्लो पटक फेब्रुअरीमा लिमाको उत्तरमा लगभग २५० किलोमिटर टाढा अंकाश क्षेत्रमा ह्युआर्मे टाउन नजिकै वारी समाधिस्थलमा एउटा चिहान भेटेका थिए ।

२०१२ मा खोजिएको थियो ठूलो चिहान

रिपोर्टका अनुसार यो एउटा ठूलो समाधिस्थल नजिकै केही पर रहेको छ जसको खोज गियर्ज र उनकी श्रीमतीले सन् २०१२ मा गरेका थिए । यो ठूलो समाधिस्थलमा तीन कुलीन महिलाका अवेशेष भेटिएका थिए जसलाई ‘वारी क्विन’ भनिएको थियो । यी रानीहरुलाई अन्य ५८ जनासँगै गाडिएको थियो । यीमध्ये धेरै महिला कुलीन वर्गका थिए तर केही निम्न सामाजिक वर्गसँग सम्बन्ध राख्दथे । यस्तो लाग्थ्यो कि ती निम्न सामाजिक वर्गका महिलाको बली दिइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप