शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एप मार्फत स्मार्ट क्युआर भुक्तानी सेवा सुरू

शुक्रबार, ०७ असोज २०७९, १३ : ०७
शुक्रबार, ०७ असोज २०७९

एनआईसी एशिया बैंकका ग्राहकहरुले अब आफ्नो मोबाइल बैंकिङ्ग एप प्रयोग गरी स्मार्ट क्युआरद्वारा भुक्तानी लिने मर्चेन्टहरुलाई भुक्तानी गर्न मिल्ने भएको छ । हाल बैंकका १४ लाखभन्दा बढी  मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ता रहेका छन् ।

मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताले मोबाइल बैंकिङ्ग एपमा रहेको क्युआर भुक्तानी गर्ने विकल्प छनौट गरि स्मार्ट क्युआर स्क्यान गरि भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ । 

 साथै बैंकमा खाता नभएका ग्राहकहरुले पनि प्ले स्टोर वा एप स्टोरमा गइ बैंकको एप डाउनलोड गरि लाईट (वालेट) अकाउन्ट रजिस्टर्ड गरेर सजिलै भुक्तानी गर्न सक्ने छन् । यो सुबिधा सुरु भएसँगै बैंकको मोबाइल बैंकिङ्ग सेवामा नयाँ आयाम थपिएको जनाइएको छ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप