मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

भिभोका नयाँ दुई स्मार्टफोन सार्वजनिक, यस्ता छन् विशेषता र मूल्य

शुक्रबार, ०७ असोज २०७९, १७ : ०१
शुक्रबार, ०७ असोज २०७९

भिभोले वाई सिरिज अन्तर्गत दुई नयाँ मोडलहरू सार्वजनिक गरेको छ । कम्पनीले वाई २२ एस र वाई १६ नेपालमा सार्वजनिक गरेको हो । भिभो वाई सिरिज नेपालमा बजेट मैत्री र युवा उन्मुखी स्मार्टफोनहरु भनेर परिचित छन् ।  सार्वजनिक भएका वाई २२ एस र वाई १६ प्रविधि, नवीनता र डिजाइनमा केन्द्रित ग्राहकहरूका लागि उपयुक्त स्मार्टफोन रहेका कम्पनीले दाबी गरेको छ ।

‘नेपालमा वाई सिरिजले धेरै माया पाएको छ र युवा ग्राहकहरूको हृदयमा एक विशेष स्थान बनाउन सफल भएको छ, प्रयोगकर्ताहरूले दिनुभएको मायालाई कायम राख्न हामीले डिजाइन, कार्यसम्पादन र दक्षता अभिवृद्धि गर्ने मूल विचारका साथ बजारमा वाई २२ एस र वाई १६ सार्वजनिक गरेका छौं,’ भिभो नेपालका सीइओ माइकलले भने ।

उनका अनुसार स्टाइलिश डिजाइन, विशाल ब्याट्री, व्यापक स्टोरेज र शक्तिशाली प्रदर्शनका साथ, वाई १६ र वाई २२ एस ग्राहकहरुको व्यस्त समय तालिकालाई व्यवस्थापन गर्नका लागि उपयुक्त साथी हुनेछ । वाई २२ एस मा स्न्यापड्रेगन ६८० प्रोसेसर, ६ जीवी र्याम र १२८ जीवी रोम रहेको छ,  जसले प्रयोगकर्ताहरूलाई बिना कुनै ढिलाइ एकैसाथ धेरै एपहरू चलाउन अनुमति दिन्छ । विस्तारित र्याम सुविधाले निष्क्रिय रोमको स्पेस प्रयोग गर्छ र रोमलाई पनि १ टेराबाईटसम्म मेमोरी कार्डको साहेताले एक्सटेन्ड गर्न मिल्ने कम्पनीको भनाई छ ।

यस्तै, वाई २२ एस एआई पावर–सेभिङ टेक्नोलोजीको साथ आउँछ र यसमा ५ हजार एमएएच ब्याट्री र १८ वाट फास्ट चार्ज रहेको छ जसले दिनभर टिक्ने चार्ज प्रदान गर्दछ । यो ५० एमपी रियर क्यामेरामा ठूलो सेन्सरको साथ आउँछ र ८ एमपी एचडी फ्रन्ट क्यामेरामा भिडियो फेस ब्यूटी छ, जसले प्रयोगकर्ताहरूलाई सिनेमेटिक तस्विरहरू लगातार क्लिक गर्न मद्दत गर्दछ । पछाडि र अगाडिका क्यामेराहरूलाई क्रमशः सुपर नाइट मोड र सुपर नाइट सेल्फी मोडसँग अप्टिमाइज गरिएको छ, जसले प्रयोगकर्तालाई कम उज्यालोमा पनि उत्कृष्ट तस्बिरहरु लिन अनुमति दिन्छ ।

यसबाहेक, मल्टी–स्टाइल पोट्र्रेटमा फेस ब्यूटी, बोकेह र अन्य शैलीहरू वाई २२ एस मा समावेश छन्, जसमार्फत प्रयोगकर्ताहरूले व्यक्तिगत पोट्र्रेट बनाउन सक्छन् । रातको समयमा पनि विस्तृत र जीवन्त तस्बिरहरु खिच्दै वाई २२ एस ले स्मार्टफोन फोटोग्राफीलाई अझ स्मार्ट बनाएको कम्पनीले जानकारी दिएको छ ।

वाई १६ ले केही प्रभावशाली स्पेसिफिकेशनहरू, २.५ डी कर्भेचर र फ्ल्याट फ्रेम ट्रेंडी डिजाइन प्रदान गर्दछ । वाई १६ को एपिअरेन्स आकर्षक रहेको छ । यो स्मार्टफोन ४ जीवी र्याम र ६४ जीवी रोम भेरियन्टमा छ । यसमा भएको मिडियाटेक हेलियो पी ३५ अक्टा–कोर प्रोसेसरले सहज मल्टी–टास्किङ र अधिकतम कार्यक्षमता प्रदान गर्दछ । वाई १६ मा क्यामेरा सेटअपले अझ बढी आकर्षण थपेको छ र प्रयोगकर्ताहरूलाई १३ एमपी एआई डुअल क्यामेराको साथ आकर्षक शटहरू क्लिक गर्न सक्षम बनाउँछ ।

मूल्य
वाई २२ एस स्टारलिट ब्लू र समर सायन कलरमा २७,९९९ रुपैयाँ मूल्यमा मिनिमालिस्टिक आउटलुकको साथ उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ । त्यस्तै वाई १६ प्राकृतिक लुक– स्टेलर ब्ल्याक र ड्रिजलिंग गोल्ड कलर भेरियन्टमा १९,९९९ रुपैयाँ मूल्य तोकिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप