शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ई–सेवा मनी ट्रान्सफरको अफर : डिजिटल माध्यमबाट पैसा पठाउँदा घर जित्ने मौका

शुक्रबार, ०७ असोज २०७९, १७ : ०१
शुक्रबार, ०७ असोज २०७९

विश्वका २०० भन्दा बढी देशबाट नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको रेमिट्यान्स कम्पनी ई–सेवा मनी ट्रान्सफरले रेमिट्यान्स पठाउँदा लाग्ने शुल्क कम गर्दै थप रेमिट्यान्स भित्र्याएर देशलाई समुन्नत बनाउन ‘मेरो डिजिटल देश’ अभियान ल्याएको छ ।

एफ वन सफ्ट टावर पुल्चोकस्थित आफ्नै मुख्य कार्यालयमा सम्पन्न प्रेस कन्फेरेन्स मार्फत इसेवा मनी ट्रान्सफरले यस अभियानको सार्वजनिक गरेको हो । यो अभियान असोज ७ बाट सुरु भएर फागुन ६ सम्म जारी रहने कम्पनीले जनाएको छ । परम्परागत शैलीमा हुँदै आएको रेमिट्यान्स कारोबारलाई डिजिटाइजेसन गर्ने अभिप्रायका साथ यो अभियान सुरु गरिएको हो । साथै, यस योजना मार्फत डिजिटल रेमिट्यान्सलाई थप बढावा दिन देशको आर्थिकस्थिति बलियो बनाउन र देशमा विदेशी मुद्राको सञ्चितलाई थप मजबुत बनाउनका लागि पनि ६ महिने यस योजना सार्वजनिक गरिएको, कम्पनीले जनाएको छ ।

“मेरो डिजिटल देश” अभियान अन्तर्गत संसारका जुनै पनि मुलुकमा रहेका नेपालीहरुले नेपालमा इच्छाएको व्यक्तिको बैंक खाता अथवा ६० लाखभन्दा बढी प्रयोगकर्ता भएको इसेवा वालेटमा पैसा पठाई सहभागिता जनाउन सक्नेछन् ।  साथै, विदेशबाट ई–सेवा मनी ट्रान्सफर मार्फत आएको नगद रेमिट्यान्स आफ्नो इसेवा वालेटमा प्राप्त गरेर यस योजनामा जोकोही ले पनि सहभागिता जनाउन सक्नेछन् । यस अभियानमा मासिक रुपमा १ जनाले ६ महिनासम्म आकर्षक पुरस्कारहरुको प्याकेज तथा बम्परमा १ जनाले काठमाडौंमा सुविधा सम्पन्न घर प्राप्त गर्न सक्नेछन् । 

ई–सेवा मनी ट्रान्सफरका जनरल मेनेजर सागर खनालले यस अभियानमार्फत डिजिटल र वैधानिक माध्यमबाट देशमा रेमिट्यान्स पठाएर देशको आर्थिक उन्नतीमा योगदान पुर्याउन अपिल गरे । अभियानमा नायक राजेस हमाल समेत जोडिएका छन् । उनले यस अभियानसँग जोडिएर ई–सेवा मनी ट्रान्सफरसँगै देश तथा विदेशमा गइ डिजिटल रेमिट्यान्स सम्बन्धी जागरुकता जनाउने कार्यक्रममा सहभागिता जनाउने कम्पनीले जनाएको छ ।  साथै, अभिनेत्री स्वस्तिमा खड्काको पनि प्रवर्दनात्मक विभिन्न कार्यक्रममा संलग्नता रहने कम्पनीले जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालाले यो अभियानमा विश्वको जुनसुकै ठाउँमा रहेका नेपालीहरु सहभागि हुनसक्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप