मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सिटिजन लाइफको ३ दिने ‘बिजनेस स्ट्राटिजी कन्फेरेन्स’ सम्पन्न, उत्कृष्ट शाखा र कर्मचारी सम्मानित

शुक्रबार, ०७ असोज २०७९, १८ : २०
शुक्रबार, ०७ असोज २०७९

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले बिजनेस स्ट्राटिजी कन्फेरेन्सकोे पाचौँ संस्करण असोज ३, ४ र ५ गते सौराहाको होटेल चितवन प्याराडाइजमा सम्पन्न गरेको छ । कम्पनीलाई हरेक ढङ्गबाट उत्कृष्ट बनाउन प्रत्येक दिन इमानदारी र मिहिनेतका साथ खटिएका सम्पूर्ण कर्मचारीहरुलाई थप क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने र हौसला प्रदान गर्ने उद्देश्यले  कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा ११४ जना कर्मचारीको सहभागिता रहेको थियो । कार्यक्रममा गत आर्थिक वर्षको कारोबार समिक्षा गर्दै नयाँ आर्थिक वर्षको रणनीतिबारे छलफल गरियो । साथै आर्थिक वर्ष २०७८÷०७९ सालमा उत्कृष्ट कार्य सम्पादन गर्ने विभिन्न शाखा र कर्मचारीहरुलाई विभिन्न ३१ विधामा सम्मान गरिएको छ । 

यससँगै आगामी दिनमा कम्पनीले उपलब्ध गराउने सेवाहरुलाई अझै ग्राहक केन्द्रित र प्रविधिमुखी बनाउँदै लैजाने उद्देश्यका साथ कम्पनीको व्यवस्थापन टिम र शाखाका कर्मचारीहरुबीच कम्पनीको प्रशासन सम्बन्धित रहेका विविध विषयहरुमा छलफल गरिएको कम्पनीको भनाइ छ ।  प्रशासन सम्बन्धित सबै कार्यहरु अझै छिटो र सजिलो तरिकाले कसरी सम्पन्न गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको बताइएको छ ।  
कम्पनीले आगामी दिनहरुमा पनि अरु थुप्रै आधुनिक तथा नवीनतम डिजिटल सेवाहरु प्रचलनमा ल्याउने योजना रहेको समेत जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप