बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपति संस्थाबाट संवैधानिक व्यवस्थाको बर्खिलाप हुने काम भयो : मन्त्री भुसाल

शुक्रबार, ०७ असोज २०७९, १९ : ३७
शुक्रबार, ०७ असोज २०७९

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले संवैधानिक व्यवस्थाको बर्खिलाप हुने काम राष्ट्रपति संस्थाबाटै भएको भन्दै आपत्ति जनाएकी छन् । मन्त्री भुसालले सेरेमोनियल राष्ट्रपतिले संसदबाट पुनः पारित गरी पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधान विपरीत काम गरेको बताएकी हुन् ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधान, कानुन र विगतका सरकारहरुले नै ल्याएको विधेयक र अध्यादेशमा आधारित भएर सरकारले ल्याएको सो विधेयक राष्ट्रपतिले प्रमाणित नगरेर गल्ती गरेको पटकपटक दोहो¥याइन् ।

मन्त्री भुसालले  नेपालको संविधानले राष्ट्रपति संस्थालाई निर्णय नगर्ने र गल्ती पनि नगर्ने सम्मानित संस्थाको रुपमा रहेको उल्लेख गरेको भन्दै त्यसलाई विवादमा पार्ने काम गर्न नहुने स्पष्ट पारिन् । उनले सो विधेयकलाई देखाएर आगामी मंसीर ४ गतेका लागि घोषित प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन निर्बाध ढंगले अघि बढाउने काममा सहयोग गर्न पनि बुद्धिजीवी, नागरिक समाज र सचेत नेपाली जनतालाई आह्वान गरिन् । निर्वाचनलाई सहज ढंगले तोकिएकै मितिमा सम्पन्न गराउन सरकार प्रतिवद्ध रहेको उनको भनाई थियो ।

मन्त्री भुसालले राष्ट्रपति जस्तो सम्मानजनक अभिभावकत्व ग्रहण गरेको संस्था विवादमा नपरोस् भन्नेमा आफूहरू सजग रहेको समेत बताइन् ।  (न्युज एजेन्सी नेपाल) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप