रामेछापको मन्थलीबाट सोलुखुम्बु–लुक्ला उडान सुरु

person explore access_timeअसोज ७, २०७९ chat_bubble_outline0

रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बु–लुक्ला उडान हुने भएको छ । यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँबाट हुँदै आएको सोलुखुम्बु–लुक्ला उडान निकट भविष्यमै रामेछापको मन्थली विमानस्थलबाट सुरु हुने निर्णय गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक ई प्रदीप अधिकारीले जानकारी दिए ।


उनका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्णयअनुसार रामेछाप–लुक्ला उडानका लागि विमानस्थलमा आवश्यक पर्ने संरचना तथा सेवा सुविधाका लागि विमानस्थल निर्माणकार्य विस्तार भइरहेको छ । निजी क्षेत्रका हवाई सेवा प्रदायक कम्पनीले यही असोज ९ गतेदेखि रामेछाप–लुक्ला उडान सुरु गर्ने तयारी गरिसकेका छन् । 



लुक्ला उडान गर्ने यात्रु बढी विदेशी पर्यटक हुने भएकाले रामेछापको मन्थली विमानस्थललाई व्यवस्थित बनाउन आवश्यक रहेको देखिएकाले अहिले विमानस्थलमा आवश्यक पर्ने संरचना तथा सेवा सुविधाका लागि विमानस्थल निर्माणकार्य तीव्र गतिमा विस्तार भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ ।



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।