सत्यमोहन जोशीलाई डेंगु संक्रमण, किस्ट अस्पतालमा उपचार हुँदै

person explore access_timeअसोज ७, २०७९ chat_bubble_outline0

डेंगु संक्रमण भएपछि शताब्दी पुरुष सत्यमोहन जोशीलाई किस्ट अस्पतालमा भर्ना गरिएको छ । केही दिनदेखि निरन्तर कमजोर महसुस हुने, खानामा अरुचि हुने जस्ता समस्या देखिएपछि  उनलाई शुक्रबार किस्ट अस्पतालमा भर्ना गरिएको हो ।


अस्पतालका अनुसार चिकित्सकहरूले स्वास्थ्य जाँच गर्दा डेंगु  संक्रमण पुष्टि भएको छ । उनको अस्पतालमा चिकित्सकहरूको निरन्तर निगरानीमा उपचार भइरहेको छ । जोशीलाई मेडिसिन, पल्मोनोलोजी, युरोलोजी, कार्डियोलोजी, नेफ्रोलोजीका चिकित्सकले संयुक्त रुपमा जाँच गरेको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार उनलाई हाल डिलक्स क्याबिनमा सुक्ष्म निगरानीमा राखिएको छ ।





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।