सत्ता गठबन्धनमा अझै जुटेन सिट बाँडफाँटको सहमति, बालुवाटारमा गगनको खोजी

आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सिट बाँडफाँट गर्न बसेको सत्ता गठबन्धनको बैठक शुक्रबार पनि बिना निष्कर्ष टुंगिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार करिब ८ घण्टा बसेको बैठक विना निष्कर्ष टुंगिएको हो ।
मधेसमा कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)बीच मुख्य समस्या छ । गठबन्धनका एक शीर्ष नेताका अनुसार मधेसमा कांग्रेस र जसपाको बढी सिट कसले दिने भन्नेमा होडबाजी छ । उनले भने, 'गठबन्धनमा सबैभन्दा ठूलो दलका हैसियतले मधेसमा पनि बढी सिट आफूले पाउनुपर्ने अडान राखेको छ ।' जसपाले आफ्नो आधार क्षेत्र नै मधेस भएको भन्दै बढी सिट पाउनुपर्नेमा अड्डी कसेको छ ।
मधेस प्रदेशमा कांग्रेस र जसपा दुबैले ५० प्रतिशत सिटमा दाबी गरेको अवस्था छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका अनुसार आजको बैठकमा मधेस प्रदेश केन्द्रित धेरै कुरा भएको बताए । उनले भने, 'अब करिब करिब सहमति नजिक नजिक पुग्न खोज्या छ । हामीलाई अलि बढी अप्ठेरो मधेस प्रदेशमै हो । अरू प्रदेशतिर खासै अप्ठेरो छैन । अब एक दुई दिनमा सबै टुंगिन्छ ।'
तर जसपाका नेताहरु भने कांग्रेसभित्रको आन्तरिक विवादका कारण गठबन्धनको सिट बाँडफाँटमा समस्या देखिएको बताउँछन् । कार्यदलका सदस्य रकम चेमजोङले भने, 'कार्यदलको पछिल्ला बैठकहरूमा गगन थापाजी आइराख्नु भएको छैन । कांग्रेसभित्रको आन्तरिक समस्याका कारण सिट बाँडफाँटमा ढिलाइ भइरहेको छ ।' सिट बाँडफाँटका लागि बालुवाटारमा साउन २० यता बैठक बस्दा पनि सहमति हुन सकेको छैन । कांग्रेस शीर्ष नेता कृष्णप्रसाद सिटौला नेतृत्वको ११ सदस्यीय कार्यदल र गठबन्धनका शीर्ष नेताहरूको बैठक बसे पनि सिट सङ्ख्या समेत टुङ्गिएको छैन ।
कार्यदलमा सहमति नभएपछि राजनीतिक निर्णयमार्फत सिट बाँडफाँट टुङ्ग्याउन शीर्ष नेताको तयारी छ । तर निरन्तर छलफल पछि पनि शीर्ष नेता र कार्यदलका सदस्य सम्मिलित बैठकबाट पनि निकास निस्किएको छैन १६५ मध्ये करिब ४५ सिटमा सहमति जुटाउन गठबन्धनमा सकस परेको नेताहरु बताउछन् । प्रधानमन्त्री देउवाले गठबन्धनका शीर्ष नेताहरुसँग वान टू वान वार्ता गरिरहेका छन् ।
यता डेंगु संक्रमण भएपछि कांग्रेस महामन्त्री गगन थापाले गठबन्धनको बैठकमा सहभागिता जनाएका छैनन् । डेंगु संक्रमणकै बीच असोज २ र ३ गते पार्टीको समानुपातिक बन्दसूची बनाउन बालुवाटारमा बसेको बैठकमा सहभागी थापाले गठबन्धन र कार्यदल दुबै बैठकमा उपस्थिति नजनाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । माओवादी, एकीकृत समाजवादी र जसपाका नेताहरुले प्रधानमन्त्री देउवालाई पार्टीभित्रको आन्तरिक विवाद मिलाउन सुझाएको कार्यदलका एक सदस्यले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३७ जना विद्यार्थीले तयार पारेका फेसन आकर्षक पहिरन प्रदर्शन गरिँदै
-
‘होस्टेल ३’ले पूरा गर्यो प्रदर्शनको ५१औँ दिन, बक्स अफिसमा कति कमायो ?
-
मन्त्रिपरिषद् बैठक बस्दै
-
किन हुन्छ पाइल्स, उपचार के ?
-
गभर्नर नियुक्ति विवादसम्बन्धी रिट आज पनि इजलासको पुछारमा
-
‘के घर के डेरा : घर नं २’ मा खगेन्द्र डेरावाल हुन् ?