बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

शनिबार, ०८ असोज २०७९, ०६ : ४५
शनिबार, ०८ असोज २०७९

पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । गएराति १२ बजे भरतपुर महानगरपालिका–२९ केराबारी र १८ किलोमा लेदोसहितको पहिरो खसेको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

अहिले दुवैतर्फ सडक अवरुद्ध भएपछि बाटो जेसिभी प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेकोे छ । गन्तव्यमा हिँडेका सयौँ सवारी साधन र यात्रु बाटैमा रोकिएका छन् । 

यो वर्ष मात्रै सो सडकखण्डमा दर्जनौँ पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप