शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सेल्सबेरीले ल्यायो चाडपर्व लक्षित ‘जति किन्यो त्यति नै पायो’ अफर

शनिबार, ०८ असोज २०७९, १० : २७
शनिबार, ०८ असोज २०७९

दसैँ–तिहार जस्ता ठुला चाडपर्वलाई लक्षित गरी सेल्सबेरी डिपार्टमेन्ट स्टोरले  ‘जति किन्यो त्यति नै पायो’ दसैँ धमाका अफर सार्वजनिक गरेको छ । फोन पेको सहकार्यमा यो अफर ल्याएको सेल्सबेरीले जनाएको छ ।

फोन पे क्यूआर मार्फत भुक्तानी गर्ने ग्राहकहरुले ५४ दिनसम्म दैनिक एक जना, साप्ताहिक १६ जना र सरप्राइज ४ जना विजेताले भुक्तानी गरेको रकम बराबरको निःशुल्क सपिङ गर्न पाउने छन् । 

साथै ५ जना भाग्शाली विजेताले एक लाख रुपैयाँ बराबरको निःशुल्क सपिङ गर्ने बम्पर अवसर रहेको सेल्सबेरीले जनाएको छ । विजेताको छनोट फेसबुक लाइभ मार्फत गरिने छ । आजदेखि ३० कात्तिकसम्म यो योजना लागू हुने सेल्सबेरीले जनाएको छ ।

सेल्सबेरीका विभिन्न शाखा तथा सेल्सबेरी पोखरा शाखामा सपिङ गर्दा फोनपे मार्फत भुक्तानी गर्ने ग्राहकहरु यस योजनामा सहभागी हुन पाउनेछन् । विजेता ग्राहकले खरिद गरेको पसलबाट उक्त रकम बराबरको सपिङ निःशुल्क पाउने कम्पनीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप