बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मोटरसाइकल जुध्दा दुवै चालकको मृत्यु, एक जना घाइते

शनिबार, ०८ असोज २०७९, १० : ३४
शनिबार, ०८ असोज २०७९

झापाको मेचीनगर नगरपालिकामा शुक्रबार राति मोटरसाइकल एकआपसमा जुध्दा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी एक घाइते भएका छन् । 

मेची राजमार्गअन्तर्गत मेचीनगर–१२ स्थित पिपलडाँगीमा शुक्रबार राति ११:२५ बजे उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्र १–०१–०१४ र प ३३५० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको प्र १–०१–०१४ प २६७८ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुवै चालकको मृत्यु भएको झापा जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा परी सख्त घाइते भएका प्र १–०१–०१४ प ३३५० नम्बरको मोटरसाइकल चालक कनकाई–४ का ३८ वर्षीय कृष्णप्रसाद सिग्देल र प्र १–०१–०१४ प २६७८ नम्बरका मोटरसाइकल चालक अर्जुनधारा–४ का ४५ वर्षीय विष्णु थापाको उपचारका क्रममा बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा आज राति १:३५ बजे मृत्यु भएको हो । 

उक्त दुर्घटनामा  मोटरसाइकल पछाडि सवार कनकाई–४ का ५३ वर्षीय रामबहादुर अधिकारीको टाउको, हात र खुट्टामा चोट लागेकाले उपचार भइरहेको  र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले  जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप