शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ह्वात्तै घट्यो कच्चा तेलको मूल्य, प्रतिब्यारेल ८६ डलरमा आइपुग्यो

शनिबार, ०८ असोज २०७९, १२ : ०३
शनिबार, ०८ असोज २०७९

अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्यमा ह्वात्तै गिरावट आएको छ । यसअघि, प्रतिब्यारेल १३० अमेरिकी डलरसम्म पुगेको कच्चा तेलको मूल्य अहिले प्रतिब्यारेल ८६ डलरसम्म आइपुगेको हो । तेल सम्बन्धी जानकारी दिने ओयल प्राइस डटकमका अनुसार ब्रेन्ट कच्चा पदार्थको मूल्य आज ८६.१५ प्रतिब्यारेल छ । यो ४.३१ प्रतिशतको गिरावट हो । यसैगरी, डब्लूटीआई कच्चा तेलको मूल्य प्रतिब्यारेल ७८.७४ डलरमा आइपुगेको छ ।

डब्लूटीआई कच्चा तेलको मूल्य पनि ४.७५ प्रतिशतले घटेको ओयल प्राइसले जनाएको छ । यसैगरी, प्राकृतिक ग्यास, ग्यासोलिन लगायत सबै प्रकारका कच्चा तेलको मूल्य ह्वात्तै घटेको छ । खासगरी, संयुक्तराज्य अमेरिकामा आर्थिक मन्दी आउने हल्ला चलेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको हो ।

यसअघि, प्रति ब्यारेल करिब १०० अमेरिकी डलरसम्म रहेको कच्चा पदार्थको मूल्य ह्वात्तै घटेसँगै यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि पर्ने भएको छ । भारतले नेपाललाई प्रत्येक १५÷१५ दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाउँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप