शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

झनै कमजोर बन्यो नेपाली रुपैयाँ, डलरको मूल्य १३० रुपैयाँ नजिक

शनिबार, ०८ असोज २०७९, १२ : ३२
शनिबार, ०८ असोज २०७९

नेपाली रुपैयाँ इतिहासमै सबैभन्दा कमजोर बनेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर स्थितिमा आइपुगेको हो । राष्ट्र बैंकले आजको विनिमय दर तोक्दै १ डलरको बिक्री दर १२९.८९ रुपैयाँ कायम भएको जनाएको छ । यस्तै, आज डलरको खरिद दर १२९.२९ रुपैयाँ कायम छ । यो अहिलेसम्मकै सबैभन्दा उच्च दर हो ।

हिजो शुक्रबार १ अमेरिकी डलरको बिक्री मूल्य १२९.६८ रुपैयाँ कायम थियो । खासगरी, अमेरिकी डलरसँग भारतीय रुपैयाँ (भारू) कमजोर बन्दा नेपाली रुपैयाँ पनि कमजोर बनेको छ । नेपाली मुद्रा भारूसँग स्थिर विनिमय दर कायम गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप