आमाले त्यस्तो के खाइन् कि गर्भको बच्चाको अनुहारको भाव बिग्रियो ? अल्ट्रासाउन्डमा देखियो तस्बिर
गर्भमा भएका बच्चाले कुनै स्वाद महसुस गर्छन् ? वैज्ञानिकलाई यो प्रश्नले थुप्रै पटक झक्झाएको छ किनभने उनीहरुले सिधै खाना खाँदैनन् । आमाको पेटमा हुने एमनियोटिक फ्लुडमार्फत् शिशुलाई पोषक तत्व सञ्चारित हुन्छ । गर्भको बच्चाको स्वाद र उनीहरुको हाउभाउलाई प्रत्यक्ष रुपमा हालसम्मको कुनै पनि अनुसन्धानमा देखाइएको थिएन् । तर हालै इंगल्याण्डको बर्मिंघमस्थित एस्टन युनिभर्सिटीमा एउटा निकै रोचक अनुसन्धान गरिएको छ ।
अनुसन्धान गर्ने वैज्ञानिक बिजा उस्तुनले धेरै अनुसन्धानमा गर्भमा हुर्किरहेका बच्चाले स्वाद र गन्ध महसुस गर्न सक्छन् भनेर बताइएता पनि तिनिहरु बच्चा जन्मिएपछि गरिएको अनुसन्धानमा आधारित भएको बताएकी छिन् । उनले आफूहरुले गर्भमा हुर्किरहेका बच्चाको अनुहारको भावमाथि अनुसन्धान गरिएको जानकारी दिइन् । उनले भनिन्, ‘हामीले यो कामका लागि फोरडी अल्ट्रासाउन्ड प्रविधिको उपयोग गर्यौँ । हाम्रो अनुसन्धानले के पत्ता लाग्छ भने गर्भमा भएक बच्चा जो स्वाद र गन्ध महसुस गर्छन् उनीहरुले जन्मिएपछि त्यसलाई छान्ने गर्छन् । ’
बिजाले थपिन्, ‘त्यसैले त कोही महिला गर्भवती हुँदा स्वस्थ खानेकुरा खानुपर्छ भनिन्छ नि ।’
अनुसन्धानका बेला वैज्ञानिकले ३२ र ३६ हप्ताको गर्भवती महिलालाई गाजर र केल (बन्दागोभीको एक प्रजाति) को पाउडरयुक्त क्याप्सुल दिइयो । क्याप्सुल दिएको केही बेरपछि नै गर्भको फोरडी अल्ट्रासाउन्ड गरियो । गाजरको स्वाद आउँदा बच्चाको अनुहारमा मुस्कान आयो जबकी केलको स्वाद आउने बित्तिकै रुन लागेको जस्तो अनुहार बन्यो । बच्चाको अनुहारको यो हाउभाउ आमाले क्याप्सुल खाएको करिब ३० मिनेटपछि देखियो । अर्थात् आधा घण्टामा क्याप्सुल आमाको पेटमा पचिरहेको थियो ।
Ultrasounds Show Unborn Fetuses Making Disgusted Faces When Mom Eats Kalehttps://t.co/TwqXmHzoTa pic.twitter.com/JisLuP2Lhk
— IFLScience (@IFLScience) September 22, 2022
आमाको रगतमा जब क्याप्सुलको सबै तत्व घोलिन्छ मेटाबोलाइजेशन र सर्कुलेशन हुन्छ । त्यसपछि यो एमनियोटिक फ्लुडसँग मिलेर गर्भमा हुर्किरहेको बच्चासमक्ष पुग्छ । शोधमा यो पनि पत्ता लाग्यो कि केल खाने महिलाको बच्चा अलि पछि विकसित भए भने गाजर खाने महिलाको बच्चा छिट्टै विकसित भए । अर्थात्, स्वस्थ खानपानले बच्चाको अनुहारसमेत पूरा शरीरको मांसपेशीमा असर पर्छ ।
यो अनुसन्धानपछि वैज्ञानिकले के आशा गरेका छन् कि भविष्यमा गर्भमा हुर्किरहेका शिशु सम्बन्धि जानकारी संकलन गर्न मद्दत मिल्नेछ । साथै शिशुले भिन्न भिन्न स्वादलाई गर्भमा नै पहिचान गर्ने र पछि के नखाने भनेर गर्भमा नै बुझ्ने पनि पत्ता लागेको छ । अब यो शोधमा समावेश सबै वैज्ञानिक पुनः एक फलो–अप स्टडी गरिरहेका छन् ताकि बच्चाले छान्ने खानेकुराबारे जानकारी हासिल गर्न सकियोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी र बदमासी अन्त्य गर्न श्रम मन्त्रालयलाई निर्देशन
-
पटनाको होटलमा आगलागी, ६ जनाको मृत्यु
-
तीन अंकले घटेर सेयर बजार बन्द, २ अर्ब ३६ करोडको कारोबार
-
श्रम मन्त्रालयको चालु आर्थिक वर्षको खर्च ३४.१७ प्रतिशत मात्रै
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ
-
मुख्यमन्त्री कँडेललाई कांग्रेसले विश्वासको मत नदिने