शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पशुपति माविका नौ विद्यार्थीलाई पञ्चकन्या समूहको छात्रवृत्ति

शनिबार, ०८ असोज २०७९, १५ : २४
शनिबार, ०८ असोज २०७९

पञ्चकन्या समूहले प्रेमहादुर श्रेष्ठ छात्रवृत्ति १५ कोटिहवास्थित पशुपति माध्यमिक विद्यालयका नौ जना विद्यार्थीलाई प्रदान गरिएको छ ।  समूहद्वारा स्थापित प्रेमबहादुर श्रेष्ठ अक्षयकोषबाट विपन्न तथा जेहेन्दार विद्यार्थीको हौसला बढाउने यो छात्रवृत्ति पाँच वर्षदेखि प्रदान गरिँदै आइएको छ । कोभिड महामारीका कारण दुई वर्ष निरन्तरता पाउन नसके पनि यस पटकको सहित तीन वर्षको छात्रवृत्ति दिएको अक्षयकोषका अध्यक्ष  श्रेष्ठले बताए ।

०७६ सालको एसइईमा विद्यालय प्रथम हुने स्मृति बस्याल र द्वितीय हुने सुविन गैरे यस्तै ०७७ सालको एसइईमा प्रथम हुने शिव हमाल र द्वितीय हुने करुणा बस्याल  र ०७८ सालमा प्रथम हुने आशिष पन्थी, द्वितीय हुने बिराज भट्टराई, तृतीय हुने आरती घिमिरे, खुशी अर्याल र एलिसा दर्जीलाई छात्रवृत्ति प्रदान गरिएको पञ्चकन्याका महाप्रबन्धक देवेन्द्र साहुले बताए ।

छात्रवृतिबाट सम्मानित हुने विद्यार्थीमध्ये प्रथम हुनेले १० हजार तथा द्वितीय र तृतीय हुनेले ५–५ हजार नगद, उपहार र प्रशंसापत्रबाट तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाण र पञ्चकन्या समूहका उपाध्यक्ष एवं कोषका अध्यक्ष ध्रुवकुमार श्रेष्ठले सम्मानित गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप