बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

इरानका जनतालाई इन्टरनेटको सुविधा दिनेछन् एलन मस्क ?

शनिबार, ०८ असोज २०७९, १५ : ५७
शनिबार, ०८ असोज २०७९

स्पेस एक्सका मुख्य कार्यकारी अधिकारी एलन मस्कले आफ्नो कम्पनीको स्याटेलाइट इन्टरनेट सर्भिस स्टारलिङ्कको सेवा सुरु गर्ने शुक्रबार जानकारी दिएका छन् ।

उनको यो निर्णय अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङ्कनको त्यो ट्वीटपछि आएको हो जसमा उनले अमेरिकी सरकारले इरानीहरुका लागि ‘इन्टरनेटको स्वतन्त्रतालाई बढाउन र बिना रोकटोकको सूचना आदान–प्रदान’ गर्नका लागि कदम चालिरहेको बताए ।

समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिकी ट्रेजरी डिपार्टमेन्टले इरानमाथि प्रतिबन्ध लगाए पनि त्यहाँका नागरिकलाई इन्टरनेट उपलब्ध गराइने निर्देशन शुक्रबार जारी गरेको थियो ।

इरानमा प्रहरी हिरासतमा २२ वर्षीया युवतीको मृत्यु र विरोध प्रदर्शनका बीच इरानमा यो निर्णय गरिएको हो ।

ट्रेजरी विभागका एक अधिकारीले मिडियालाई भने, ‘स्टारलिङ्कको बारेमा हाम्रो बुझाइ यो छ कि जुन सेवा उनीहरुले उपलब्ध गराइरहेका छन् त्यो व्यावसायिक ग्रेडको हो । सामान्य इजाजतपत्रले हार्डवेयरलाई कभर गर्दैन। त्यसैले यदि उनीहरू यसलाई प्रयोग गर्न चाहन्छन् भने उनीहरूले वित्त विभागबाट अनुमति लिनुपर्छ । ’

सामान्य लाइसेन्सबाट पनि हुनसक्छ यो काम

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले पछि यो भने कि यदि कुनै कम्पनीले सामान्य इजाजतपत्रमा तोकिएको मापदण्ड पूरा गर्छ भने, उसले कुनै अतिरिक्त अनुमति बिना सेवा प्रदान गर्न सक्छ ।

यद्यपि इरानमा इन्टरनेट सञ्चालनको बारेमा मस्कबाट अहिलेसम्म कुनै स्पष्टीकरण आएको छैन ।

महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि इरानमा विरोध प्रदर्शन भइरहेको छ । महसालाई प्रहरीले ‘हिजाब राम्रोसँग नलगाएको’ भन्दै पक्राउ गरेको थियो ।

एलन मस्कले उनको कम्पनी स्टारलिंकले स्याटेलाइट ब्रोडब्यान्ड सेवा प्रदान गर्न चाहेको बताएको छ । एलनले यसै विधिमार्फत् रुसी हमलाविरुद्ध लडिरहेको युक्रेनको मद्दत गरेका छन् र उनले प्रतिबन्धमाथि छुटको माग गर्नेछन् ।

विदेश मन्त्रालयले यदि स्पेस एक्सलाई इरानमा कुनै पनि गतिविधिका लागि उनीहरुलाई लाइसेन्सको आवश्यकता पर्छ भने उनीहरुको कुरा सुनिने बताएको छ ।

मन्त्रालयका प्रवक्ताले थपे, ‘यदि स्पेसएक्स उनीहरूसँग भएको इजाजतपत्रको आधारमा सेवाहरू उपलब्ध गराउने कुरामा ढुक्क छन् भने उनीहरू अगाडि बढ्न सक्छन् । यदि उनीहरूसँग कुनै प्रश्न छ भने, त्यसलाई पनि ध्यानमा राखिनेछ ? ’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप