बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एरोमा विद्युतीय स्कुटरको बिक्री खुल्ला

शनिबार, ०८ असोज २०७९, १६ : ३३
शनिबार, ०८ असोज २०७९

श्री आरोग्य मोटर्सले विद्युतीय दुई पाङ्ग्रे सवारीसाधनको बिक्री सुरु गरेको छ । चीनबाट पार्ट्सहरु ल्याइ नेपालमा नै एसेम्बल गरेर नेपाली ब्राण्ड (एरोमा) को नाममा तीन पाङ्ग्रे सवारीसाधन बिक्री गर्दै आइरहेकोमा कम्पनीले दुई पाङ्ग्रे सवारीसाधन पनि एरोमा नै ब्राण्ड नेम राखेर आयात तथा बिक्री वितरण गर्न लागेको हो । 

हालसम्म काठमाडौँ, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न सहर तथा बजारमा कम्पनीको डिलर तथा शाखा कार्यालयहरू रहेका छन् भने अन्य सहरमा नयाँ डिलर नियुक्तिको प्रक्रिया अघि बढाइएको छ । आगामी महिना भरमा काठमाडौँ उपत्यका लगायत नेपालका सातै वटा प्रदेशमा हाम्रा डिलरहरू विस्तारको तयारी भइरहेको बताइएको छ ।

पहिलो चरणमा एरोमा स्कुटरका विभिन्न ३ मोडेल र ५ रङ्गहरूमा बजारमा उपलब्ध हुनेछन् । ३००० वाट क्षमताको मोटर जडित ती स्कुटरहरूमा ७२ भोल्टका ५० तथा ६० एएच लिथिएम ब्याट्री प्याक उपलब्ध हुनेछन् । ५० एएच ब्याट्री प्याक भएका स्कुटरको मूल्य २,५८,००० र ६० एएच ब्याट्री प्याक भएको स्कुटरको मूल्य २,७२,००० राखिएको छ । यसै महिनाको १२ गते देखि ती स्कुटरहरू ग्राहकलाई क्रमशः वितरण गर्ने गरी तयारी गरिएको छ ।

२ घण्टा भन्दा कम समयमा फुल चार्ज गर्न सकिने डेडिकेटेड चार्जर यसमा उपलब्ध हुनेछ । एक पटकको फुल चार्जमा करिब १५० किलोमिटर सम्मको रेन्ज दिनेछ । १६० एमएम ग्राउण्ड क्लियरेन्स भएकाले कच्ची तथा पक्की दुवै खालको बाटोमा एरोमा स्कुटर चलाउन सहज हुने कम्पनीको भनाई छ । दसँ तिहार तथा छठ पर्वको अवसरमा लक्की ड्र मार्फत १० जना ग्राहकलाई गोसाईकुण्डको हेली टुरको फेस्टिभल स्किम राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप