मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

काभ्रेमा तीन लाख १० हजार मतदाता

शनिबार, ०८ असोज २०७९, १७ : ५२
शनिबार, ०८ असोज २०७९

यहाँ चार महिनाको अवधिमा छ हजार पाँच सय ६० मतदाता थपिएका छन् । गत स्थानीय तहको निर्वाचनमा जिल्लामा तीन लाख तीन हजार पाँच सय ६० रहेका थिए । आसन्न निर्वाचनमा जिल्लाका तीन लाख १० हजार ६३ मतदाताले मतदान गर्ने भएका छन् । जिल्ला निर्वाचन कार्यालयको अन्तिम मतदाता नामावलीअनुसार उक्त सङ्ख्या कायम भएको हो । त्यसमा एक लाख ५७ हजार नौ सय ४७ पुरुष, एक लाख ५२ हजार एक सय १४ महिला र अन्य दुई मतदाता रहेका छन् ।

यस्तै आगामी मङ्सिर ४ गतेका लागि एक सय ९० मतदानस्थलका तीन सय ८९ मतदान केन्द्र तोकिएको छ । जिल्लामा एउटा मतदानस्थल र आठ मतदान केन्द्र थप भएको जिल्ला निर्वाचन अधिकारी उमेश राईले जानकारी दिए ।

प्रतिनिधसभा निर्वाचन क्षेत्र नं १ अन्तर्गत धार्ने ज्योति माध्यमिक विद्यालयमा एक मतदानस्थल थप भएको हो । उक्त केन्द्रमा तीन सय ३२ पुरुष र दुई सय ५९ महिला गरी पाँच सय ९१ मतदाता रहेका छन् । कार्यालयका अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा कुल मतदाता एक लाख ५२ हजार छ सय ९९ रहेका छन् । यसमध्ये ७८ हजार आठ सय १६ पुरुष र ७३ हजार आठ सय ८२ महिला तथा अन्य एक मतदाता छन् । यहाँ एक सय ९५ मतदान केन्द्रबाट मतदान हुनेछ । 

सोही क्षेत्रको प्रदेशसभा (क) मा ४० हजार एकसय एक पुरुष तथा ३६ हजार चार सय ५२ महिला गरी ७६ हजार पाँच सय ५३ मतदाता छन् । यसमा ९४ मतदान केन्द्र छन् । प्रदेशसभा (ख) मा भने ३८ हजार सात सय १५ पुरुष र ३७ हजार चार सय ३० महिला गरी ७६ हजार एक सय ४६ मतदाता छन् । यहाँ ९५ मतदान केन्द्र छन् ।    

यस्तै प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा ७९ हजार एक सय ७४ पुरुष र ७८ हजार दुई सय ६७ महिला गरी एक लाख ५७ हजार चार सय ४२ मतदाता छन् । उक्त क्षेत्रमा दुई सय मतदान केन्द्र छन् ।  प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेशसभा (क) मा ३९ हजार दुई सय ५८ पुरुष, ३७ हजार आठ सय ५० महिला तथा अन्य एक गरी ७७ हजार एक सय नौ मतदाता छन् । प्रदेशसभा (ख) मा भने ३९ हजार नौ सय १६ पुरुष तथा ४० हजार चार सय १७ महिला गरी ८० हजार तीन सय ३३ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप