हाटखोला र दमक भेट्रान्स गोल्डकपको फाइनलमा भिड्ने
१ नं. प्रदेश स्तरीय प्रथम टुबोर्ग मिल्स भेट्रान्स गोल्ड कप प्रतियोगिताको फाइनलमा मर्निङ्ग भेट्रान्स क्लब हाटखोला पुगेको छ ।
विराटनगर जुट मिलको खेलमैदानमा शनिबार भएको सेमिफाइनल खेलमा आयोजक मिल्स भेट्रान्स क्लब रानीलाई टाइब्रेकरमा ३–१ गोलले हराउँदै मर्निङ्ग भेट्रान्स क्लब हाटखोला फाइनलमा पुगेको हो ।
जितसँगै हाटखोलले सोमबार हुने फाइनल खेलमा उपाधिको लागि दमक–लखनपुर भेट्रान्स क्लब झापासँग प्रतिस्पर्धा गर्नेछ । शनिबारको अन्तिम सेमिफाइनल खेलमा निर्धारित समयसम्म २/२ गोलको बराबरी भएपछि जितको छिनोफानो ट्राइब्रेकरबाट भएको थियो । ट्राइब्रेकरमा हाटखोलाका अर्जुन खड्की, सुरेन तामाङ र सुरज श्रेष्ठले गोल गरी टिमलाई फाइनलमा पुर्याउन सफल भए । हाटखोलाका राजु थापाको प्रहार बाहिर गएको थियो ।
ट्राइब्रेकरमा आयोजक मिल्सका विनय चौधरी, कृष्ण शाक्य र रानु प्रताव रानाले गोल गर्न नसक्दा आयोजक प्रतियोगिताबाट बाहिरनुपर्‍यो । मिल्सको तर्फबाट ट्राइब्रेकरमा बुद्धि दराइ राईले मात्र गोल एक गोल गरेका थिए ।
खेलमा म्यान अफ द म्याच हाटखोलाका गोल किपर मीन बस्नेत घोषित भए । उनले नगद २ हजार १ सय रुपैयाँ पाए । फाइनल सोमबार (असोज १० गते घटस्थापनाका)का दिन हुने प्रतियोगिता संयोजक मनोज खड्काले बताए । उनका अनुसार असोज १ गतेदेखि सुरु भएको प्रतियोगितामा प्रदेश १ का ११ वटा टिम सहभागी थिए । मिल्स भेट्रान्स क्लबले आयोजना गरेको प्रतियोगिताको विजेताले ५१ हजार एक सय ११ रुपैयाँ र उपविजेताले ३१ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘दिनभरि टेबुलमा बसेर काम गर्यो, एक्सरसाइज छैन, हड्डी कमजोर हुने नै भयो’
-
गत निर्वाचनबारे ओलीको विश्लेषण : सहरी, युवा र प्रवासी मतदातालाई आकर्षित गर्न सकिएन
-
वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन
-
मधुमेहको लक्षण, बच्ने उपाय र उपचार
-
विश्व बैंक र आईएमएफको बैठक सकेर स्वदेश फर्किँदै अर्थमन्त्री पुन
-
प्रेमिका र फूल