शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एमाले देवदह नगर कमिटी अध्यक्षद्वारा पार्टी परित्याग

शनिबार, ०८ असोज २०७९, २१ : २६
शनिबार, ०८ असोज २०७९

नेकपा एमाले रुपन्देही नगर कमिटी अध्यक्ष टिकाराम चापागाईंले पार्टी परित्याग गरेका छन् । शनिबार देवदहमा पत्रकार सम्मेलन गरेर अध्यक्ष चापागाईंले पार्टीको सबै जिम्मेवारीबाट आफू अलग भएको घोषणा गरेका हुन् । उनले पार्टी सदस्यता समेत परित्याग गरेको बताएका छन् । 

पार्टीमा सधैँभरी सीमित व्यक्तिले आफ्नो फाइदाको लागि मात्र काम गरेकोले आफूले विद्रोह गरेको उल्लेख गर्दै उनले आगामी प्रतिनिधिसभा चुनावमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा समेत गरे । चापागाईंले प्रजातन्त्र तथा दलीय व्यवस्था अपरिहार्य रहे पनि पछिल्लो समय हरेक पार्टीहरूमा निरंकुश प्रवृत्ति हाबी भएको दाबी गरे । उनले आफू स्वतन्त्र रहेर आफ्नो क्षेत्रको समग्र विकासमा समर्पित हुने उल्लेख गरे ।

 ४१ वर्षदेखि नेकपा एमालेको विभिन्न जिम्मेवारीमा रहेर काम गरेको स्मरण गर्दै उनले स्थानीय विकासका लागि स्थानीय नेतृत्वले राजनीतिको बागडोर सम्हाल्नुपर्नेमा जोड दिए । यसअघि विसं. २०७४ सालमा भएको स्थानीय चुनावमा चापागाईं काँग्रेस–माओवादी गठबन्धनका उम्मेदवार हिरा केसीसँग झिनो मतले पराजित भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप