शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

छाती धेरै दुखेर जचाउन जादाँ एक्सरेमा देखियो पाँच वर्षअघि हराएको नत्थी

शनिबार, ०८ असोज २०७९, २१ : ३०
शनिबार, ०८ असोज २०७९

अमेरिकामा एक व्यक्तिले पाँच वर्षअघि उनको नाकमा लगाइरहेको ‘नत्थी’ हराएका थिए । त्यो पाँच वर्षसम्म उनको फोक्सोमा रहेको थियो तर त्यसबारे उनलाई केही थाहा पनि थिएन । 

तर एक महिना अघि एक रात, न्यूयोर्क निवासी ती पुरुष जोय लाइकिन्सलाई खोकी लाग्न थाल्यो । छाती र ढाड बेस्कन दुख्न थाल्यो । निक्कै गाह्रो भएपछि परिवारले जोयलाई अस्पताल भर्ना गर्नुपर्ने स्थिति आयो । प्रारम्भिक अवलोकनका आधारमा डाक्टरहरूले निमोनियाको आशंका गरेका थिए । 

तर पछि एक्सरे गरेर हेर्दा डक्टर नै छक्क परे । जोयको फोक्सोमा ०.६ इन्चको नत्थी अड्किएको थियो । डाक्टरले शल्यक्रिया गरेर नत्थी निकालेका छन् ।जोय लिकिन्सका अनुसार चिकित्सकले नत्थी यति लामो समय छातिमा रहदाँ पनि उनको फोक्सो स्वस्थ रहनु ठूलो कुरा भएको बताए ।

जोय आफैले यस घटनाबारे सामाजिक सञ्जालमा बाहिर ल्याएका हुन् । यससँगै एक्स–रे रिपोर्ट पनि सामाजिक सञ्जालमा पोष्ट गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप