मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ सरकारको मुख्य न्यायाधिवक्तामा परिवर्तन राई नियुक्त

शनिबार, ०८ असोज २०७९, २१ : ५४
शनिबार, ०८ असोज २०७९

प्रदेश १ सरकारले मुख्य न्यायाधिवक्ता भोजराज श्रेष्ठका ठाउँमा परिवर्तन राईलाई नियुक्त गरेको छ । राईको सपथग्रहण कार्यक्रम भोलि (आइतबार)का लागि राखिएको प्रदेश १ मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वको मन्त्रिपरिषद् बैठकले यसअघि २०७८ मंसिरमा मुख्य न्यायाधिवक्तामा अधिवक्ता भोजराज श्रेष्ठलाई नियुक्त गरेको थियो । 

श्रेष्ठको ठाउँमा खोटाङका अधिवक्ता परिवर्तन राईलाई नियुक्त गरिएको र आइतबार सपथग्रहण कार्यक्रम राखिएको बताइएको छ । राई प्रदेश १ सरकारले नियुक्ति गरेका मुख्य न्यायाधिवक्ताको तेस्रो नम्बरमा परेका छन् । दोस्रो नम्बरमा श्रेष्ठ थिए भने प्रथम मुख्य न्यायाधिवक्तामा तत्कालीन शेरधन राई नेतृत्वको सरकारले २०७४ चैतमा अधिवक्ता चुडामणि आचार्यलाई नियुक्त गरेको थियो । 

आफैंले नियुक्त गरेका श्रेष्ठलाई राजीनामा गराएर राईलाई नियुक्ति गर्नुको कारण भने खुलेको छैन । यद्यपि श्रेष्ठ नियुक्त हुने बेलामा राई र श्रेष्ठबीच दुवै जनालाई आधा–आधा कार्यकाल गर्ने सहमति भएको बताइएको छ । सोहीअनुसार श्रेष्ठले राजीनामा दिएर राईलाई ल्याइएको बताइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप