दसैँ बजारलक्षित चौपायाका स्वास्थ्य परीक्षण शुरू हुँदै
सिङमा हरियो रङ भएको चौपाया मात्र किन्न कामपाको आग्रह
आइतबार, ०९ असोज २०७९, ०६ : ३१
काठमाडौं महानगरपालिकाले राजधानी बासीलाई स्वस्थ मासु खुवाउन राजधानी भित्रिने खसी बोकालगायत चौपायाको स्वास्थ्य परीक्षण गर्ने भएको छ । कामपाले घटस्थापनादेखि नवमीसम्म राजधानीको चार स्थान कलंकी, टुकुचा, बालाजु, कोटेश्वर र खाद्य संस्थानको बिक्री कक्षमा चौपायाको परीक्षण गर्न लागेको हो ।
स्वास्थ्य परीक्षणपछि स्वस्थ चौपायाको सिङमा हरियो र अस्वस्थ्य चौपायाको सिङमा रातो रङ लगाइने कामपाका जनस्वास्थ्य महाशाखाका प्रमुख वरिष्ठ पशु चिकित्सक डा अवधेश झाले बताए ।
कामपाले सबै स्थलमा छुट्टाछुट्टै समूह बनाएर अनुगमन गर्ने भएको छ । कामपाका प्रवक्ता नवीन मानन्धरले विगत वर्षमा भन्दा यो वर्षा थप व्यवस्थित रुपमा परीक्षण र बजार अनुगमन गर्ने बताए । यो खबर आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसीसी प्रिमियर कपको सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै
-
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण