शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आबेको अन्तेष्टि खर्च बेलायतकी दिवंगत एलिजाबेथको भन्दा बढी !

आइतबार, ०९ असोज २०७९, ०८ : ३७
आइतबार, ०९ असोज २०७९

देशका जनताको चर्को आलोचनाबीच जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको अन्त्येष्टि अर्को साता हुने भएको छ । अन्तेष्टिको लागतलाई लिएर भएको चर्का आलोचनाबीच उनको अन्तिम संस्कार हुन लागेको हो ।

सिन्जो आबेको यसै वर्षको जुलाई ८ मा एउटा राजनीतिक कार्यक्रममा हत्या भएको थियो । अन्तेष्टिका लागि जापान सकरकारले १ दशमलब ६६ अर्ब यन खर्च लाग्ने जनाएको छ, जुन रकम हालै दिवंगत भएकी बेलायती महारानीको राजकीय अन्तेष्टिमा लागेको खर्चभन्दा बढी हो ।

आबेको अन्त्येष्टिको विवादले जापानमा प्रदर्शन सुरु गरेको छ ।  यसै साताको सुरुमा आबेलाई राजकीय अन्तेष्टि गर्ने सरकारको घोषणाको विरोधमा एक व्यक्तिले  प्रधानमन्त्री​ फुमिको किसिदाको आवास नजिक आत्मदाहको प्रयास गरेका थिए ।

आबेको अन्तेष्टिमा अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस र भारतीय प्रधानमन्त्री  नरेन्द्र मोदी र अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजसहित २१७ देशका ७०० पाहुनाहरु सहभागी छन् । प्रधानमन्त्रीको रूपमा आबेको नीतिहरूले जापानलाई विभाजित गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप