ऋचा र अलीको विवाहमा मोबाइल प्रतिबन्ध नहुने
आइतबार, ०९ असोज २०७९, ०८ : ५१
बलिउड अभिनेत्री ऋचा चड्‍डा प्रेमी अली फैजलसँग लामो समयदेखि डेट गरिरहेकी थिइन् । अब यो जोडी आगामी अक्टोबर ४ मा वैवाहिक जीवनमा बाँधिदैछन् । धेरै सेलिब्रेटीहरुले आफ्नो विवाहमा मोबाइल फोनको प्रयोगमा प्रतिबन्ध लगाइरहँदा उनीहरुले भने त्यसमा प्रतिबन्ध नलगाउने भएका छन् ।
दीपिका पादुकोण र रणवीर सिंह, अनुष्का शर्मा र विराट कोहली तथा प्रियंका चोपडा र निक जोनासको विवाहमा ‘नो फोन पोलिसी’ अपनाइरहँदा ऋचा र अलीको जोडीले भने विवाहमा आउने पाहुनालाई मोबाइलमा प्रतिबन्ध नलगाउने निर्णय लिएका हुन् । उनीहरु आफ्नो विवाहमा पाहुनाले चित्त बुझुञ्जेल तस्वीर खिचुन् भन्ने चाहन्छन् ।
उनीहरुको प्रि वेडिङ सेरेमोनी नयाँदिल्लीमा हुँदैछ । नयाँदिल्लीको १ सय १० वर्ष पुरानो क्लबमा उनीहरुको विवाहको तीन दिनको कार्यक्रम हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ