रुरु जलविद्युतले १०.५ प्रतिशत लाभांश दिने, बोनस सेयर कति ?
आइतबार, ०९ असोज २०७९, १० : २४

रुरु जलविद्युत आयोजनाले सेयरधनीलाई १०.५२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । यसमध्ये १० प्रतिशत बोनस सेयर बाँकी ०.५२ प्रतिशत नगद लाभांश छ । नगद लाभांश कर प्रयोजनको लागि हो ।
गत शुक्रबार बसेको कम्पनीको संचालक समिति बैठकले यस्तो निर्णय गरेको हो । संचालक समितिले गरेको निर्णय नियामक निकायबाट स्वीकृत भएर वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयन हुनेछ ।
कम्पनीले आफ्नो १७ औं वार्षिक साधारणसभा पनि बोलाएको छ । आगामी कात्तिक ४ गते वार्षिक साधारणसभा गर्ने निर्णय कम्पनीको संचालक समितिले गरेको हो । वार्षिक साधारणसभा प्रयोजनको लागि कम्पनीको सेयरधनी पुस्तिका तथा सेयर दाखिला खारेजीको कार्य असोज २७ गते बन्द हुनेछ । अर्थात असोज २६गतेसम्म कायम सेयरधनीले मात्रै वार्षिक साधारणसभा भाग लिन पाउने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाजुरामा एक बृद्धाले पाइन् उनान्नब्बे वर्षमा नागरिकता
-
वीरगञ्ज नाका हुँदै तीन खर्ब ९० अर्बको सामान आयात
-
जस्तो चुनौती आए पनि संविधानकै बाटोबाट समाधान खोज्नुपर्छ – सहरी विकासमन्त्री
-
नेपालको जलविद्युतमा लगानी गर्न भारतीय ठूला कम्पनी तयार
-
आगामी बजेटबारे १६ मन्त्रालयसँग अर्थको छलफल, ३ करोडभन्दा कमको योजना समावेश नगर्न अनुरोध
-
पटक पटक पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा मन्त्रीलाई दोस्रो पटक स्पष्टीकरण