शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

आइतबार, ०९ असोज २०७९, १० : ५९
आइतबार, ०९ असोज २०७९

दाङको तुलसीपुर उपमहानगरपालिका–६ मा हिजो बेलुकी मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा दाङकै दंगिशरण गाउँपालिका–४ वैवाङका ५९ वर्षीय शालिकराम वली रहेका छन् । 
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको हो । 

तुलसीपुरबाट गुम्राह चोकतर्फ जाँदै गरेको रा १ प ८६२३ नम्बरको मोटरसाइकलले हिजो बेलुकी ७ बजे पैदल हिडिरहेका उनलाई ठक्कर दिएको थियो ।  सामान्य घाइते भएका मोटरसाइकल चालकलाई उपचार पश्चात् इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप