बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दसैंभरी मनसुन सक्रिय हुने प्रक्षेपण

आइतबार, ०९ असोज २०७९, ११ : ३८
आइतबार, ०९ असोज २०७९

जल तथा मौसम विज्ञान विभाग पूर्व अनुमान महाशाखाले यो वर्षको दसैंभरी मनसुन सक्रिय हुने प्रक्षेपण गरेको छ । अहिलेको मनसुनी गतिविधिलाई अवलोकन गर्दा तत्काल मनसुन बाहिरिने अवस्था नहरेको मौसम विद् राज प्रधानाङ्गले बताए ।

‘अहिलेसम्म मनसुनी गतिविधिलाई मसिनो गरी अवलोकन गर्दा दसैंभरी मनसुन रहने स्थिति देखिन्छ’ रातोपाटीसँग कुरा गर्दै प्रधानाङ्गले भने, ‘तर मध्य मनसुनको जस्तो निरन्तर झरी र वर्षको सम्भावना कम हुन सक्छ । यद्यपि मनसुन भने कायमै हुने अवस्था छ ।’

सोमबारदेखि दशैंको घटस्थापना सुरु भएकाले उपत्यकासहित विभिन्न ठाउँमा घर फर्किने यात्रुलाई वर्षा, बाढी र पहिरोले दुःख दिने देखिएको छ । यो वर्ष असोज दोस्रो सातादेखि नै सुरु भएपछि मनसुनका कारण हिले दसैं हुने भएको हो । समान्यतया मनसुन हरेक वर्ष अक्टोबर २ मा नेपालबाट बाहिरिने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप