दाहालको ‘माधवी ओ माधवी’ विमोचन
‘मोक्षभूमि’ उपन्यासमार्फत् नेपाली साहित्यमा नवीन स्वाद पस्किएका लेखक केशव दाहालको गैरआख्यान निर्बन्ध लेखनको संगालो ‘माधवी ओ माधवी’ शुक्रबार एक समारोहबीच विमोचन भएको छ ।
लेखकले विभिन्न समय र कोणबाट देखेको नेपाली समाज, यहाँको मनोविज्ञान र राजनीतिका घुम्तीहरुको वृत्तान्त हो यो पुस्तक ।
शिल्पी थिएटरमा आयोजित कार्यक्रममा लेखक दाहालसँग साहित्यकार उमा सुवेदीले अन्तरसंवाद गरेकी थिइन् । कार्यक्रममा लेखक दाहालले भने, ‘माधवी ओ माधवीमा मैले एउटा आँखीझ्याल बनाएको छु, जसबाट मेरो पुस्ताको समय, भावधारा र जीवनको ईन्द्रेणीलाई चियाउन सकिन्छ ।’
लेखक कुमार नगरकोटीले आफ्ना थुप्रै छोटा–मीठा–आकर्षक प्रयोगात्मक कविता वाचन गरेर कार्यक्रमलाई रोचक बनाएका थिए, जसमध्ये एउटा थियोः ‘म देवकोटाको पागल पोएट्री हुँ, मन–मस्तिष्कको हिस्टोरिकल मिष्ट्री हुँ ।’
‘व्यक्तिको विचार वा विश्वासको निर्माणमा ऊ बसेको समाजको सांस्कृतिक, सामाजिक, राजनीतिक र आर्थिक परिस्थितीले कसरी निर्धारण गर्छ भन्ने कुरा केशवका केही रचनाले मिहिन र कलात्मक ढंगले वैचारिकी प्रस्तुत गरेका छन्,’ कार्यक्रममा रंगकर्मी घिमिरे युवराजले टिप्पणी गरे ।
किताब पब्लिसर्सले प्रकाशन गरेको संग्रहमा २३ ओटा निबन्ध संकलित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रपति र कतारका राजाबिच आपसी सम्बन्ध मजबुत बनाउनेबारे छलफल
-
कतारी राजाको सवारी रुट खाली, तस्बिरहरू
-
इलाममा डकेन्द्रलाई हाम्रो नेपाली पार्टी र लौरो अभियानको साथ
-
बाजागाजासहित सर्वसाधारणले गरे कतारी राजाको स्वागत (तस्बिरहरू)
-
इजरायल–गाजा युद्धबारे अमेरिकी कलेज र विश्वविद्यालयमा तीव्र बन्यो प्रदर्शन
-
राष्ट्रपति पौडेल र कतारका अमिरबिच शीतलनिवासमा भेटवार्ता