बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादीले यसरी तयार पार्दैछ घोषणापत्र

आइतबार, ०९ असोज २०७९, १३ : ०४
आइतबार, ०९ असोज २०७९

नेकपा माओवादी केन्द्रले विभिन्न १२ क्षेत्रका विज्ञसँग अन्तरक्रिया गरी उनीहरुका सुझावका आधारमा आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि घोषणापत्र निर्माण गरिरहेको छ । घोषणापत्र यसै साता तयार हुने नेताहरुको भनाइ छ । पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको संयोजकत्वमा बनेको समितिले घोषणापत्र लेखन कार्यलाई अघि बढाएको छ । यसै हप्ताभित्र पार्टीको घोषणापत्र तयार गर्ने योजना रहेको पार्टी केन्द्रीय सदस्य डीपी ढकालले रातोपाटीलाई बताए ।

उनका अनुसार विभिन्न १२ क्षेत्रका विषय विज्ञहरुसँग अन्तक्र्रिया गरेर घोषणापत्र तयार हुँदैछ । रातोपाटीसँग ढकालले भने, ‘यो पटक घोषणापत्र तयार गर्दा फरक शैली अपनाएका छौं । विभिन्न १२ क्षेत्रका विषय विज्ञहरुसँग बसेर अन्तक्र्रिया ग¥यौं । त्यहाँबाट आएका सुझावलाई टिपोट गरेर घोषणापत्रमा समेट्ने तयारी गरेका छौं ।’

माओवादीले यो पटकको घोषणापत्र छोटो र बुँदागत रुपमा जनताले बुझ्ने भाषामा तयार गर्ने ढकालको दाबी छ । ‘हाम्रो पार्टीको घोषणापत्र लामो पुस्तक वा तमसुक जस्तो पढ्नै अल्छी लाग्ने हुनेछैन,’ उनले भने, ‘तमसुक जस्तो घोषणापत्र मतदाताले पढ्दा पनि पढ्दैनन्, त्यसैले घोषणापत्र छोटो, छरितो र बुँदागत रुपमा नाराको रुपमा समेट्ने छौं ।’

​माओवादीले आफूले सक्ने र सम्भव हुने विषयहरुलाई मात्रै घोषणापत्रमा समेट्ने तयारी गरेको छ । आगामी ५ वर्षमा माओवादीले देशलाई कहाँ पु¥याउने भन्ने विषयको रोडम्याप घोषणापत्रमा समेट्ने समितिका नेताहरु बताउँछन् ।

यी क्षेत्रका विज्ञसँग भयो अन्तरक्रिया

माओवादी घोषणापत्र समितिले आइतबारसम्म ११ विषयगत समितिसँग छलफल गरिसकेको छ । सोमबार पत्रकार, वकिल र मानव अधिकार क्षेत्रका विज्ञसँग अन्तक्र्रिया गरेपछि विषयगत विज्ञसँगको अन्तक्र्रिया सकिने जनाइएको छ ।

समितिका सदस्यहरुका अनुसार अहिलेसम्म शिक्षा र संस्कृति, स्वास्थ्य, समावेशी, सामाजीकरण, सामाजिक न्यायका र सामाजिक सुरक्षाका प्रतिनिधि र विज्ञसँग छलफल भइसकेको छ । यस्तै वन तथा वातावरण र जलवायु परिवर्तन, ऊर्जा, जलस्रोत र सिंचाई क्षेत्र, वित्तीय क्षेत्र, राष्ट्रियता, सार्वभौमिकता र परराष्ट्र मामिला, विज्ञान तथा प्रविधि, सूचना र सञ्चार क्षेत्र, श्रम रोजगार र यातायात क्षेत्र, वाम बुद्धिजीवी, कृषि, भूमि र सहकारी क्षेत्रका प्रतिनिधि र विज्ञसँग पनि छलफल भइसकेको छ ।

मंगलबार सबै विषयगत समितिबाट आएका सुझावलाई कम्पाइल गरेर घोषणापत्रमा समेटिने जनाइएको छ । ‘घोषणापत्र समितिको बैठक मंगलबारका लागि बोलाइएको छ । त्यस बैठकपछि विषयगत समितिबाट आएको विज्ञको सुझावलाई कम्पाइल गर्छौं । त्यसपछि घोषणापत्रमा ती सुझावलाई राखेपछि फाइनल हुनेछ,’ ढकालले भने ।

माओवादीले घोषणापत्रमा समेट्न पार्टीका विभाग र जनवर्गीय संगठनबाट समेत सुझाव मागेको छ । ती विभाग र जनवर्गीय संगठनले दिएको सुझावलाई समेत घोषणापत्रमा समेटिने भएको छ । पार्टी केन्द्रले घोषणापत्र तयार गरेपछि आवश्यक विषयवस्तुलाई समेटेर प्रदेश कमिटीले आफू अनुकुल घोषणापत्र तयार गर्ने भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

वीरेन्द्र ओली
वीरेन्द्र ओली
लेखकबाट थप