बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीमा खेल खेल्ने मैदान खोज्दै खेलाडी

आइतबार, ०९ असोज २०७९, १३ : २२
आइतबार, ०९ असोज २०७९

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशले राम्रो सम्भावना देखायो । कर्णालीले एक खेलमा जित निकालेको थियो । कर्णाली प्रदेशले प्रतियोगितामा दुई खेलमा जित निकाल्यो । एक खेलमा पुलिससँग पराजित हुँदा दुई खेल भने ड्र भयो । त्यसपछि कर्णालीले क्रिकेटमा सम्भावना बोकेको उदाहरण देखायो । कर्णालीमा अहिले क्रिकेट खेल्ने मैदान छैन् ।

नवौं राष्ट्रिय खेलकुदका लागि कर्णालीले २३ खेलमा सहभागिता जनाउँदा सबैको तयारी फितलो छ । महिला क्रिकेटको तयारी पनि कर्णाली प्रदेशले आज देखि गर्ने योजना बनाएको छ । तर, पुरुष फुटबल, क्रिकेट जस्ता आउट डोरका खेलहरूमा अहिले तयारी फितलो छ । प्रदेश खेलकुद विकास परिषद् कर्णाली प्रदेशले यही ५ गतेसम्म कालिन्चोकको मैदान बन्छ भनेर बताएको थियो ।

सदस्य–सचिव विश्व मित्र संज्यालले भने अनुसार अहिलेसम्म मैदान बनेको छैन । कर्णाली प्रदेश क्रिकेट टोलीका कप्तान रविन्द्रजंग शाहीले अहिलेसम्म क्रिकेट मैदान निमार्ण नै नगरको बताएका छन् । राम्रो प्रदर्शन गर्दा पनि कर्णाली प्रदेशको खेलकुद विकास परिषद्ले वास्ता नगरेको उनले बताए । उनले मैदान बनेको खण्डमा आफूहरु आफ्नै तरिकाले तयारी गर्ने भएपनि अहिले त्यो मैदान पनि बनि नसकेको बताए ।

‘क्रिकेट खेलका लागि अहिलेसम्म मैदान तयार भएको छैन । हामीले पटक–पटक खेलकुद परिषद्लाई आग्रह गर्दा पनि काम हुन सकेको छैन । सदस्य–सचिवले यही ५ गतेबाट मैदान खेल्न योग्य हुन्छ भन्नुभएको थियो । तर, अहिलेसम्म केही छैन्,’ शाहीले भने ।

शाहीले कर्णाली प्रदेश खेलकुद परिषद्ले खेलाडीहरु आफै राम्रो नतिजा निकाल्छौ भन्दा पनि खेलका लागि राम्रो वातावरण नबनाएको बताए । कर्णाली प्रदेश खेलकुद परिषद्ले अहिलेसम्म आफ्नो मैदान बनाएको छैन । कर्णाली प्रदेशको अन्य खेलकुदको तयारी पनि फितलो छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप