मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

लागुऔषध मुद्दाका फरार प्रतिवादी कारागार चलान

आइतबार, ०९ असोज २०७९, १३ : ५४
आइतबार, ०९ असोज २०७९

लागुऔषध मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । इलामको माइजोगमाई गाउँपालिका घर भएका ४२ वर्षीय सन्तोष तामाङलाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्यूरोका एसपी योगेन्द्रकुमार खड्काले रातोपाटीलाई बताए । भदौ २१ मा न्यूरोडस्थित उनले सञ्चालन गरेको शिवशक्ति ज्वेलर्सबाट पक्राउ गरेर प्रहरीले तामाङलाई अदालतमा उपस्थित गराएको थियो ।

जिल्ला अदालतको आदेशले सन्तोषलाई पुर्पक्षका लागि केन्द्रीय कारागारमा थुनामा पठाइएको एसपी खड्काले जानकारी दिए । २०७७ भदौ ७ मा कागेश्वरी मनोहरा स्थित उनको डेराबाट प्रहरीले ६३ ग्राम खैरो हेरोइनसहित उनलाई पक्राउ गरेको थियो । प्रतिवादी दिपक शेर्पा नेपाली समेत भएको मुद्दामा उनी फरार थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप