जर्मन चान्सलरको साउदी भ्रमणको उद्देश्य के ?

साउदी अरेबिया पुगेका जर्मन चान्सलर ओलाफ शुल्ट्जले शनिबार युवराज मोहम्मद बिन सलमानसँग भेट गरेका छन् । समाचार एजेन्सी एएफपीका अनुसार जर्मन चान्सलर युक्रेनमा रुसको हमलाका कारण प्रभावित भएको आपूर्ति मर्मत गर्नका लागि खाडी देशहरूसँग नयाँ ऊर्जा साझेदारी गर्न इच्छुक छन् ।
साउदी अरेबियाको यसमा विशेष भूमिका छ किनभने यो क्षेत्रमा ऊ तेलको ठूलो निर्यातक हो र त्यसैले जर्मन चान्सलर युवराजसँग सम्बन्ध बलियो बनाउन चाहन्छन् । सरकारी स्रोतका अनुसार जर्मनीले नवीकरणीय ऊर्जा प्रयोग गरी हरित हाइड्रोजन बनाउने जस्ता नयाँ प्रविधिको प्रवर्धन गर्ने दिशामा काम गरिरहेको छ, जसलाई जर्मनीले खाडी मुलुकबाट ठूलो परिमाणमा आयात गर्न सक्छ ।
जर्मन चान्सलरको भ्रमणलाई लिएर प्रश्न पनि उठे
चान्सलर ओलाफ शाल्ट्जले युक्रेनका युवराजसँगको वार्तामा युक्रेनको मुद्दा पनि उठाएको बताए । ‘मैले युक्रेनलाई आफ्नो सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्न मद्दत गर्नु महत्त्वपूर्ण छ भन्ने कुरा स्पष्ट गरिसकेको छु र हामी त्यसो गरिरहने छौँ,’ उनले भने ।
जमाल खग्गोशोको हत्यामा जर्मनी मुखरित भएकाले युवराजसँग जर्मन चान्सलरको भेटलाई लिएर पनि प्रश्न उठेको छ । जमाल खशोग्गीको सन् २०१८ मा इस्तानबुलमा हत्या भएको थियो । यस हत्या प्रकरणमा युवराज मोहम्मद बिन सलमानमाथि पनि गम्भीर आरोप लागेको थियो ।
तर, जर्मन चान्सलरले खग्गोशीको हत्यामा जर्मनीको अडान अझै उस्तै रहने र त्यसमा कुनै परिवर्तन नहुने उनले बताए ।
साउदी अरेबियापछि ओलाफ शुल्ज संयुक्त अरब इमिरेट्स (युएई) गएका छन् । यहाँ उनले युएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानसँग भेट गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघीयतामाथि प्रश्न गरेर द्वन्द्व ननिम्त्याऔँ : महासचिव गौतम
-
के नेपालमा अमेरिकामा जस्तै साइबर हमला भएको हो ?
-
माग सम्बोधन नभएसम्म नागरिक उन्मुक्ति कुनै पनि सरकारमा सहभागी नहुने
-
पूर्वी युक्रेनमा रुसी आक्रमण, ३ जनाको मृत्यु
-
श्रीलङ्काको अर्थतन्त्र २०२४ सम्ममा सुधार हुन्छ : राष्ट्रपति विक्रमासिङ्घे
-
इरानमा दुई दिनमा तीन सडक दुर्घटना, ९ जनाको मृत्यु