दुई महिनाको वैदेशिक व्यापार : आयात र निर्यात दुवै घट्यो

person explore access_timeअसोज ९, २०७९ chat_bubble_outline0

चालू आर्थिक वर्ष २०७९/८० को २ महिनामा नेपालको आयात र निर्यात दुवै सूचक घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार भदौ महिनासम्ममा नेपालको आयात १३ प्रतिशत र निर्यात ३४ प्रतिशतले घटेको हो ।
यस अवधिमा नेपालमा २ खर्ब ७३ अर्ब ५९ करोड रुपैयाँको आयात भएको छ । जुन, गत वर्षको तुलनामा १३ प्रतिशतले न्यून हो । गत वर्ष ३ खर्ब १४ अर्ब ५१ करोड रुपैयाँको आयात भएको थियो । 


यसैगरी, चालू वर्षको भदौ महिनामा नेपालबाट २८ अर्ब ६८ करोड रुपैयाँको निर्यात भएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ३४.८८ प्रतिशतले घटेको छ । गत वर्षको भदौ महिनासम्ममा ४४ अर्ब ३ करोड रुपैयाँको निर्यात भएको थियो ।



नेपालको आयात र निर्यात दुवै सूचक घटेपछि कूल वैदेशिक  व्यापार समेत घटेको छ । विभागका अनुसार यस अवधिमा नेपालको वैदेशिक व्यापार १५.७० प्रतिशतले घटेको छ । गतवर्ष ३ खर्ब ५८ अर्ब ५५ करोड रुपैयाँको वैदेशिक व्यापार भएकोमा यसवर्ष ३ खर्ब २ अर्ब २८ करोड रुपैयाँको व्यापार भएको छ ।



यस अवधिमा नेपालले विश्वका ११६ देशसँग वैदेशिक व्यापार गरेको छ । यस अवधिमा नेपालले सबैभन्दा धेरै पेट्रोलियम पदार्थ, औद्योगिक कच्चा पदार्थ र खाद्यान्न लगायतको वस्तु आयात भएको छ । यस्तै, नेपालबाट खानेतेल, उनी फेल्ट, चिया तथा कफी लगायतका वस्तु सबैभन्दा धेरै निर्यात भएका छन् ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।