शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

युक्रेनका राष्ट्रपतिले किन भने – इजरायलको यो असफलतामा म स्तब्ध छु

आइतबार, ०९ असोज २०७९, १५ : १८
आइतबार, ०९ असोज २०७९

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शनिबार इजरायलले रुसी आक्रमणलाई रोक्न क्षेप्यास्त्र विरोधी प्रणाली उपलब्ध गराउन असफल भएकोमा आफू ‘स्तब्ध’ भएको बताएका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार जेलेन्स्कीले फेब्रुअरीमा युद्ध सुरु भएदेखि नै हतियारको माग गर्दै आएका छन् ।

उनले गाजामा प्यालेस्टिनी चरमपन्थीहरुको रकेट रोक्न प्रयोग हुने इजराइलको इरोम डोम सिस्टमबारे उल्लेख गरेका छन् । उनले भने, ‘मलाई थाहा छैन इजरायललाई के भयो । इमान्दारीपूर्वक भन्नुपर्दा, म एकदमै स्तब्ध छु किनभने मलाई थाहा छैन कि उनीहरूले हामीलाई हवाई रक्षा प्रणाली किन दिएनन् ।’

जेलेन्स्कीले फ्रान्सेली पत्रकारलाई दिएको अन्तर्वार्तामा यस्तो बताएका हुन् । उनको कार्यालयले शनिबार उक्त अन्तरवार्ताको रेकर्डिङ सार्वजनिक गरेको हो ।​ जेलेन्स्कीका शब्दहरू यस पटक कठोर थिए । यसअघि मार्चमा उनले इजरायलले हतियार पठाउन नचाहेकोमा असन्तुष्टि व्यक्त गरेका थिए ।

त्यसबेला इजरायल पूर्णतया प्रतिबद्ध थियो र उसले युक्रेनलाई सकेसम्म मद्दत गर्ने बताएको थियो ।

इजरायलले युक्रेनमा गरेको आक्रमणका लागि रुसको आलोचना गरेको छ । तर रुससँगको सम्बन्धमा तनाव नआओस् भन्ने कुरामा पनि सजग हुन चाहन्छ । किनभने रुसले सिरियामा हस्तक्षेप गरेको छ, जहाँ इजरायली सेनाले इरान समर्थित मिलिसियामाथि लगातार आक्रमण गरिरहेको छ ।

जेलेन्स्कीले भने, ‘म सिरिया र रुसको मामिलामा उनीहरूको कठिनाइ बुझ्न सक्छु । र उनीहरूलाई कुनै दोष लगाइरहेको छैन ।’

‘म तथ्यहरू मात्र राखिरहेको छु । इजरायली नेतृत्वसँगको मेरो वार्ताले युक्रेनलाई मद्दत गरेन,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप