नेप्से सूचक १८ सय १५ मा झर्यो
आइतबार, ०९ असोज २०७९, १५ : २४
सेयर बजार परिसूचक नेप्से घटेर १८ सय १५ बिन्दुमा झरेको छ । गत बिहीबार १८ सय ३८ मा अडिएको नेप्से सूचकमा आइतबार थप २३.८३ अंकले घटेर १८ सय १५ दशमलव १३ अंकमा झरेको हो । आज ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत ३ दशमलव ८३ अंकले घट्दै ३५५ दशमलव ६० अंकमा झरेको नेपाल स्टक एक्सचेन्ज नेप्सेले जनाएको छ । उसो त २३ अंक माथिले घटेको बजारमा आज एक अर्ब ७ करोड २४ लाख रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ ।
आज सबै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुन पुगेको छ । सबैभन्दा बढी आज फाइनान्स समूहको उपसूचक २.५७ प्रतिशतले घटेको छ भने हाइड्रोपावर समूहको उपसूचक २.५४ प्रतिशतले, म्यानु एण्ड प्रो १.८१ प्रतिशतले, ट्रेडिङ १.९२ प्रतिशतले, डेभलपमेन्ट बैंक समूह १.५२ प्रतिशतले घटेका छन् । अन्य समूहहरु १ प्रतिशत भन्दा कमले घटेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनआरएनएको निर्वाचनमा अनलाइन भोटिङको युजर नेम र पासवर्ड दुरुपयोग : प्रतिवेदन
-
टी–२० क्रिकेट : तस्बिरमा हेर्नुहोस् आयरल्याण्ड र नेपालबिचको खेल
-
पार्टी एमालेलाई बुझाएर प्रचण्ड राष्ट्रपति बन्छन् : रामकुमार शर्मा, पूर्वमाओवादी नेता
-
दोस्रो सातामा ‘महाजात्रा’
-
स्वास्थ्य सेवा अन्तर्गतका ११ जना अधिृकतलाई बढुवा गर्ने सरकारको निर्णय
-
संसद् अवरोध हटाउन दलहरूबिच छलफल हुन्छ : सभामुख घिमिरे