शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काभ्रे र कैलालीमा डुबेर २ जनाको मृत्यु

आइतबार, ०९ असोज २०७९, १५ : ३८
आइतबार, ०९ असोज २०७९

काभ्रे र कैलालीमा डुबेर २ जनाको मृत्यु भएको छ । काभ्रेको धुलिखेल नगरपालिका–५ श्रीखण्डपुर बस्ने रमेश लामिछानेको छोरा ११ वर्षीय रिजन लामिछानेको सोही ठाउँस्थित  पुण्यमाता खोलामा डुबेर शनिबार साँझ मृत्यु भएको छ । काठको पुलबाट खोला तर्ने क्रममा चिप्ली खस्दा डुबेर गम्भीर घाइते भएका उनको सिर मेमोरियल अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको हो । 

कैलालीको जोशीपुर गाउँपालिका–१ बडहरीया बस्ने नर भुलको छोरा ८ वर्षीय तेज भुलको सोही गाउँपालिका–१ स्थित घैला खोलामा माछा मार्ने क्रममा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ ।   
    
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप