ब्याजदर एक अंकमा सीमित गर्न उद्योग परिसंघको माग
उद्योग परिसंघ प्रदेश १ ले बैंकको ब्याजदर एक अंकमा सीमित गर्न माग गर्दै राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ । परिसंघले आज एक विज्ञप्ति जारी गर्दै राष्ट्र बैंकलाई यस्तो आग्रह गरेको हो ।
‘बैंकहरुले असोज महिनादेखि लागू हुने गरि निक्षेपमा नयाँ ब्याजदर दोहोरो अंकमा वृद्धि गरि प्रत्येक बैंकले अलग अलग प्रतिस्पर्धी रूपमा असामान्य तरिकाबाट ब्याजका दर वृद्धिको सूचना सार्वजनिक भएको विषयप्रति नेपाल उद्योग परिसंघ प्रदेश नं १ को गम्भीर ध्यानाकर्षण भएको छ,’ जारी सूचनामा भनिएको छ, ‘यस विषयमा हामीले दिएको सुझावको वास्तै नगरि ब्याजका दरहरु वृद्धि गरिएकोमा नेपाल उद्योग परिसंघ प्रदेश नं १ आपत्ति सहित ब्याजका दरहरु वृद्धि निर्णयप्रति बिमति रहेको जानकारी गराउँदछौं ।’
परिसंघले बैंकमा निक्षेप बढाउन ब्याज वृद्धि नभएर पूँजीगत सुधार र पूँजीगत खर्च र लगानी बढाउन अति आवश्यक रहेकोमा जोड दिएको छ । ‘अहिलेको अवस्थामा आर्थिक औद्योगिक क्षेत्रले एकातिर तरलताको अभावको सामना गरिरहेको छ भने उपभोक्ताको क्रय शक्तिसमेत ह्रास हुँदै गई आर्थिक क्षेत्र नराम्रोसँग प्रभावित भइरहेको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘नाफा कमाइ रहेका बैंकलाई थप संरक्षण गरी ब्याजबाट अरू नाफा कमाउने र त्यसको माध्यम चै लगानीकर्ता व्यवसायी हुनु पर्ने अवस्था कदापी हुनु हुँदैन ।’
विगत केहि महिनादेखि लगातार बढेको बैक ब्याजदर लगानी योग्य तरलता अभाव सरकारले आयातमा लगाएको सीमा र कडाइ समेतले उद्योग ब्यवसाय नराम्रो संग प्रभावित भएको भन्दै उद्योग परिसंघले अहिलेको अवस्थामा लगानी योग्य पूँजीको अभावको कारण उद्योगले आफ्नो क्षमता अनुसार उत्पादन गर्न नसकिरहेको अवस्थामा अब कर्जामा थपिने ब्याजदरका कारण उद्योग बन्द गरेर बस्नुको विकल्प नदेखिएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कमलसिंह ऐरीले लिए आयरल्यान्ड ‘ए’ को पाँचौँ विकेट
-
बिहानको खाजा कति बेला खानु लाभदायक हुन्छ ?
-
आगामी वर्षको नीति, कार्यक्रम र बजेट बनाउन म आफैँ कमान्ड गर्दैछु : प्रधानमन्त्री
-
सरकारले विपन्न महिलाहरूको ऋण मिनाहा हुने कार्यक्रम ल्याउने
-
सरकारले निर्माण व्यवसायीको समस्या तत्काल समाधान गर्नुपर्छ: सभापति सिंह
-
कमलसिंह ऐरीले लिए आयरल्यान्ड ‘ए’ को चौथो विकेट