शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पहिराले एक घरमा क्षति, पाँच घर उच्च जोखिममा

आइतबार, ०९ असोज २०७९, २२ : ०४
आइतबार, ०९ असोज २०७९

लगातारको वर्षाका कारण पहिरो खस्दा बैतडीमा एक घरमा पूर्ण रुपमा क्षति पु¥याएको छ । पाँच घर पहिरोका उच्च जोखिममा छन् । 

दोगडाकेदार गाउँपालिका–२ बसाडमा माथिबाट पहिरो खस्दा स्थानीय देवसिंह महराको घर पूर्ण रुपमा क्षति भएको खोचलेक प्रहरी चौकीका प्रमुख मानसिंह पन्तले जानकारी दिए । पहिरोबाट गोठमा बाँधेका तीन बाख्रा मरेका छन् । अन्नपात तथा लत्ता कपडा पुरिएका छन् । पहिराले मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।  

महराको घरमा उनका दिदी बस्दै आएका थिए  । उनलाई आफन्तकहाँ सारिएको प्रहरीले जनाएको छ । पहिराका कारण स्थानीय मानसिंह महरा, राईसिंह महरा, ध्वज महरा, गणेश महरा र ज्ञानेन्द्र महराको घर उच्च जोखिममा छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप