शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

देउवाविरुद्ध दबाब बढाउन ठमेलमा कोइराला पक्षको बैठक

सोमबार, १० असोज २०७९, ११ : ०७
सोमबार, १० असोज २०७९

नेपाली कांग्रेसको शेखर कोइराला समूहका शीर्ष नेता बाहेकको बैठक ठमेलमा बसिरहेको छ । सोमबार विहान ठमेलको होटल यात्रीमा पूर्व सांसद जगदीश्वरनरसिंह केसीको समन्वयमा कोइराला पक्षको बैठक चलिरहेको हो ।

संस्थापन पक्षले समानुपातिक बन्दसूचीमा आफ्नो पक्षलाई बेवास्ताको भन्दै सच्याउन कोइराला पक्षको माग छ । आगामी १६ गतेभित्र बन्दसूची नसच्याए विद्रोह गर्ने कोइराला पक्षको चेतावनी छ । पार्टी नेतृत्वले आफ्नो माग सम्बोधन नगरे गठबन्धनलाई असहयोग गर्ने कोइराला पक्षको भनाइ छ ।

समानुपातिक सूची बनाउँदा अगाडिको नाम पछाडि सार्ने, गुटसमेत नहेरी आफ्ना पकेटका मान्छेको नाम राखेर कांग्रेसमा लगानी गरेका कार्यकर्ताको नाम हटाउने काम भएको कोइराला पक्षको आरोप छ । नेतृत्वबाट आगामी निर्वाचनमा न्यायोचित व्यवहार नगरिए अनशन, धर्ना र निर्वाचन बहिष्कारसम्मका वैकल्पिक संघर्षको योजना बनाउने कोइराला पक्षले बताउँदै आएको छ ।

आफूहरुले ४० प्रतिशत टिकट नपाए देउवा पक्ष एक्लै चुनाव लड्न नेताहरुको चेतावनी दिएका छन् । बैठकमा केन्द्रीय सदस्यहरु प्रतिमा गौतम, मधु आचार्य, अजयबाबु शिवाकोटी, प्रकाश स्नेही सहभागी छन् । यस्तै नेताहरु गुरु घिमिरे,भुपेन्द्रजंग शाही, चितवनका पूर्व जिल्ला सभापति जितनारायण श्रेष्ठ, धादिङ जिल्ला सभापति रामनाथ अधिकारी , बाग्मती प्रदेश कार्यसमितिका पदाधिकारी लगायत सहभागी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप