बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

हनुमानढोकाको दसैँ घरमा राखियो जमरा (फोटोफिचर)

सोमबार, १० असोज २०७९, ११ : ३९
सोमबार, १० असोज २०७९

काठमाडौँको हनुमानढोका दरबारमा रहेको दसैँ घरमा एक विशेष समारोहका बीच सोमबार जमरा राखिएको छ ।  प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आज घर घरमा घटस्थापना गरेसँगै सुरु हुन्छ । सोही परम्पराअनुसार  हनुमानढोका दरबारमा रहेको दसैँ घरमा आजै वैदिक विधिअनुसार जमरा राखी शक्तिस्वरुपा दुर्गा देवीको पूजा आराधना सुरु गरिएको हो । 

सोमबार समितिले दिएको साइतमा विधिपूर्वक घटस्थापना गरिएको  हो । ​दसैँघरमा घटस्थापनापछि दैनिक बलि दिई विधिपूर्वक पूजा आराधना गरिन्छ । यस वर्ष पनि महानवमीका दिन हनुमानढोकाको कोतमा ५४ बोका र ५४ राँगासहितको बलि दिइन्छ । विसं २०७७ को महानवमीका दिन भने कोरोना महामारीका कारण हनुमानढोकाको कोतमा ५४ बोका र ५४ राँगाको बलि दिइएन । 

हनुमानढोकाको दसैँ घरमा नवरात्रभर विधिपूर्वक पूजा आराधना गरिनुका साथै मङ्गल धुन पनि गाइन्छ । यो क्रम विजयादशमीका दिनसम्म जारी रहन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप