सीता दाहालसहित चितवनमा प्रचण्ड, तयार भयो नयाँ घर
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ पत्नी सीता दाहाललाई समेत लिएर चितवन गएका छन् । गत शनिवार काठमाडौंबाट प्रचण्डले आफूसँगै बिरामी रहेकी सीतालाई समेत लिएर आफ्नो निर्वाचन क्षेत्र चितवन पुगेका हुन् ।
प्रचण्ड मंगलबार काठमाडौं फर्किने कार्यतालिका छ । तर सीता भने चितवनमै बस्ने भएकी छिन् । बिरामी सीतालाई एक जना सहयोगी समेत चाहिन्छ । लामो समयदेखि उनी पार्किन्सससहित पेट सम्बन्धी रोगबाट समस्याले ग्रस्त छिन् । सीतालाई केही दिन चितवनमै राखेर प्रचण्ड भने काठमाडौं फर्किने भएका हुन् ।
यस्तै प्रचण्ड काठमाडौंको कार्यक्रम सकेर चितवनमा केही समय बस्नेगरी जाने सचिवालयले जनाएको छ । प्रचण्ड सोमबार भरतपुर १४ शिवनगरमा बनाइएको नयाँ सरेका छन् । पत्नी सीतालाई उनले आफ्नो त्यही नयाँ घरमै राख्ने भएका छन् ।
'निर्वाचनको मिति नजिकिन थाल्यो । सिएम त्यसपछि चितवनमै व्यस्त हुनुहुन्छ । त्यसो भएमा सीता म्याडमलाई काठमाडौंमा हेरचाह पाइँदैन भन्ने भयो’ प्रचण्डको सचिवालयका एक सदस्यले भने,‘त्यसैले केही समय चितवनमै बस्नेगरी सीता म्याडमलाई लिएर जानु भएको हो । अब केही समय सीता म्याडम यतै बस्नुहुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बोक्सीको घर’लाई बोर्डको युनिभर्सल सर्टिफिकेट
-
पूर्व प्रधानमन्त्री खनाल र किरात धर्मगुरु आत्मानन्दबिच भेटवार्ता
-
ह्वाट्सएपसँग प्रतिस्पर्धा गर्न गुगलले ल्यायो नयाँ अपडेट
-
चर्चामा अडियोमा आधारित नयाँ सामाजिक सञ्जाल ‘एयरच्याट’
-
आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान
-
मोडल लक्ष्मण भण्डारीले गरे प्रेमिका गीतासँग विवाह