शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गंगाराम यादवले त्यागे एमाले

सोमबार, १० असोज २०७९, १२ : ०५
सोमबार, १० असोज २०७९

नेकपा एमालेका नेता गंगाराम यादवले पार्टी त्याग गरेका छन् । नेता यादवले आज पत्रकार सम्मेलन गर्दै आफूले नेकपा एमाले त्याग गरेको बताएका हुन् ।

यादव धनुषा क्षेत्र नम्बर २ मा एमालेबाट उम्मेदवारी दिने तयारीमा थिए । तर, नेकपा एमालेले सो क्षेत्रबाट चुनाव लड्न लोसपा प्रमुख सचेतक तथा पूर्वमन्त्री उमाशंकर अगरियालाई अघि सारेको छ । सोही कारण रुष्ट यादवले एमाले त्यागेको घोषणा गरेका हुन् । 

उनले आफूलाई पार्टीले मूल्यांकन नगरेका आरोप लगाएका छन् । एमालेले पुरानोलाई अवमूल्यन गरेर नयाँलाई मात्रै अवसर दिएको उनले आरोप लगाए । यादव जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गर्ने तयारीमा छन् ।  जसपाले यादवलाई सोही क्षेत्रबाट प्रतिनिधिसभाका उम्मेदवार बनाउने तयारी गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप