बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘सहारा’को छायांकन सुरु

सोमबार, १० असोज २०७९, १२ : २७
सोमबार, १० असोज २०७९

कलाकार तथा निर्माता प्रज्ञा जोशीको निर्माणमा टेलिसिरियल ‘सहारा’ निर्माण हुने भएको छ । सोमबार घटस्थापनाको अवसर पारेर टेलिसिरियलको छायांकन सुरु गरिएको छ । निर्माण युनिटले मुहूर्त गर्दै टेलिसियलको छायांकन सुरु गरेको हो ।  टेलिसिरियलको निर्देशन सरोज दाहालले गर्दैछन् । यसको लेखन पनि दाहालले गरेका हुन् । ‘सहारा’ एउटा पारिवारिक तथा समाजिक कथा बोकेको टेलिसिरियल रहेको निर्माता जोशीले बताइन् । 

एउटी विधुवाले समाजमा भोग्नु पर्ने मानसिक र शारीरिक पीडा सहाराको कथा बुनिएको छ । टेलिसिरियलमा प्रज्ञा जोशी, आजे सिंह, सरोज दाहाल, पूर्णिमा जिएम, मुना भण्डारी, पवन केसी, सिमा दाहाल, सरिता भण्डारी र बालकलाकार प्रियंका दाहालका अभिनय रहनेछ । प्रज्ञा फिल्मस्को प्रस्तुतिमा निर्माण हुने टेलिसिरियलमा जोन राईको छायांकन तथा सम्पादन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप